Nepal Purbadhar

नेपाल–भारत कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा ७५ परियोजना सार्वजनिक, ४८ उद्घाटन


काठमाडौं । नेपाल र भारतीय कुटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्षको अवसरमा सन् २०२२/२३ मा सम्पन्न भएका ७५ परियोजना सार्वजनिक गरिएको छ । यीमध्ये ४८ वटा भूकम्पपछिको पुनःर्निमाण परियोजना आज सोमबार काठमाडौंमा आयोजित भारत–नेपाल विकास साझेदारी कन्क्लेभमा उद्घाटन गरिएको छ।

काठमाडौंस्थित भारतीय राजदूतावास र दक्षिण एसियाली अध्ययन केन्द्रले आयोजना गरेको सो कन्क्लेभमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, भारतको वैदेशिक मामिला मन्त्रालयका आर्थिक सम्बन्ध तथा विकास साझेदारी प्रसाशनतर्फका सचिव प्रभात कुमार र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले ७५ परियोजनाको घोषणा गरे।

७५ परियोजनाहरूमा उर्जा, सूचना प्रविधि, शिक्षा, खानेपानी, महिला सशक्तिकरण, स्वास्थ्य तथा भूकम्पपछिको पुनःनिर्माण सम्बन्धि परियोजना छन् ।

कन्क्लेभमा उपप्रधानमन्त्री एवं मन्त्री श्रेष्ठले नेपाल र भारतबीच पूर्वाधार र आर्थिक विकासको साझेदारी अझ बलियो बन्दै गएको बताए ।

अन्तरदेशीय पूर्वाधार निर्माणमा भारतको सहायता महत्वपूर्ण भएको बताउँदै उनले भारतले अघि बढाएको रक्सौल–काठमाडौं रेल निर्माणको प्रक्रिया दुई देशको सम्बन्धमा अझ प्रगाढता ल्याउने बताए ।

सचिव प्रभातकुमारले भारत –नेपालसँग आर्थिक विकास र समृद्धिको लागि सहकार्य गर्न चाहेको बताउँदै १६५० मिलियन बराबरका सहुलियत विकास परियोजना निर्माणधिन रहेको बताए।

राजदूत श्रीवास्तवले दुई देशको सम्बन्ध सुरु भएपछि ४७६ परियोजना सफलतापूर्वक सम्पन्न भएको बताउँदै द्वीपक्षीय फाइदाका लागि मात्रै काम गरिरहेको बताए ।

Facebook Comments

Read Previous

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय अधिकारीबीच भेट

Read Next

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलद्वारा पूँजीगत खर्च बढाउन निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar