Nepal Purbadhar

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २ करोड


काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकले १ अर्ब २ करोड ५२ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.४२ प्रतिशतले बढी हो।

गत आवको सोही अवधिमा बैकले १ अर्ब १ करोड ८ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो। पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ५ करोड ८० लाख ६० हजार रुपैयाँ रहेको छ।

१० अर्ब २५ करोड ७१ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब १३ करोड ८९ लाख ७१ हजार रुपैयाँ रहेको छ।

१ खर्ब ५० अर्ब ५४ करोड २१ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३५ अर्ब ५७ करोड ७१ लाख ४८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको खराब कर्जा ०.५७ प्रतिशतबाट बढेर १.४१ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ रहेको छ।


Read Previous

धारा बनेको एक वर्षसम्म पनि आएन पानी

Read Next

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पदयात्रा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar