Nepal Purbadhar

माया खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट


काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आइपीओ मंगलबार बाँडफाँट गरेको छ। यसमा अति प्रभावित क्षेत्रबाट रितपूर्वक आवेदन दिएका १ हजार ७७२ जना आवेदकहरुमध्ये १० कित्तादेखि १२ सय कित्तासम्म आवेदन दिने सबैलाई माग अनुसार सेयर बाँडफाँट गरिएको छ।

यस्तै, १२ सय कित्ता भन्दा बढी ९ हजार ५२० कित्ता सेयरको लागि आवेदन दिने प्रत्येक आवेदकहरुलाई १२ सय कित्ताका दरले सेयर दिइएको छ। यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको ३८० कित्ता सेयर भने १३ सय कित्तादेखि ९ हजार ५२० कित्तासम्म आवेदन दिने ६५ जनामध्ये ३८ जनालाई १० कित्ताका दरले बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ।

यता, प्रभावित क्षेत्रबाट आवेदन दिएका २ हजार ६२ जना आवेदकहरुबाट ४ लाख १ हजार ८०० कित्ताको लागि आवेदन दिएकामा ४ लाख कित्ता सेयर धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन ३० अनुसारले बाँडफाँट गरिएको कम्पनीले जानकारी गराएको छ। बाँडफाँटको नतिजा बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://results.prabhucapital.com बाट हेर्न सकिने छ।

माया खोला हाइड्रोपावरले मंसिर २३ गतेदेखि पुस १७ गतेसम्म जारी पुँजीको १०५ ले हुने १० लाख कित्ता साधारण सेयर आयोजना प्रभावत स्थानीयलाई बिक्री खुला गरेको थियो। जसमध्ये अति प्रभावित क्षेत्र संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. ८ र ९, धर्मदेवी नपा वडा नं. ३,४ र ५, मादी नपा वडा नं. ४ र ६ का बासीन्दाहरुको लागि ६ लाख कित्ता छुट्याइएको थियो .। यस्तै, प्रभावित क्षेत्र चैनपुर, धर्मदेवी र मादी नगरपालिकका अन्य स्थाई बासिन्दाहरूको लागि ४ लाख कित्ता सेयर छुट्याइएको थियो।

Facebook Comments

Read Previous

खुम्बु क्षेत्र जोड्ने सडक कालोपत्रेका लागि टेण्डर आह्वान

Read Next

अमलेखगञ्जदेखि झापासम्म पेट्रोलियम पाइपलाइन सम्भाव्यता अध्ययन हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar