Nepal Purbadhar

चाडपर्वमा अतिरिक्त समय काम गरेका प्राधिकरण कर्मचारीको भत्ता ७२ घन्टाभित्र दिन ट्रेड युनियनहरूकाे माग


काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशिल कर्मचारी युनियनहरूले दशैं, तिहार लगायत चाडपर्वमा विदामा नबसी अरिरिक्त समय काममा खटिएका कर्मचारीले पाउनु पर्ने भत्ता तथा इपिआर भुक्तानी गर्न माग गरेका छन् । प्राधिकरणमा क्रियाशिल ४ वटै युनियनका पदाधिकारीले बुधबार कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटी चाडपर्वमा खटिने कर्मचारीको भत्ता र इपिआर दिलाइदिन माग गरेका हुन् ।

युनियनहरूले काममा खटिने कर्मचारीको बनोबल उच्च बनाउने कार्य गर्नुको सट्टा अहिलेसम्म दशैं तिहारको भत्ता र इपिआर बापतको रकम भुक्तानी नहुनु दुखःद भएको भन्दै कार्यकारी निर्देशक घिसिङलाई ध्यानाकर्षपत्र समेत बुझाएका छन् । युनियनका पदाधिकारीले ७२ घन्टाभित्र कर्मचारीले पाउने भक्ता र इपिआर भुक्तानी नदिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

‘अन्य सार्वजनिक संस्थाको तुलनामा विद्युत प्राधिकरणको कार्य प्रगतिमात्रै जोखिममुक्त छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ,‘तर, कर्मचारीले आफ्नो ज्यानको पर्वाह नगरी दिन रात काममा खटिएर नागरिकलाई विद्युत सेवा दिँदा उनीहरूले पाउने चाडपर्वको भक्ता समेत रोकिनु अन्यायपूर्ण छ ।’

काममा दैनिक खटिने कर्मचारीको मनोवल उच्च राख्न उनीहरूले पाउने सेवा सुविधाका सम्बन्धमा प्राधिकरण व्यवस्थापनले मनोमानी ढंगले हतोत्साही हुने व्यवहार देखाएको युनियनहरूको आरोप छ । दशैं तिहार लगायत चाडपर्वमा विदा नबसी काममा खटिएबापत पाउनुपर्ने अतिरिक्त भत्ता अहिलेसम्म नपाएको भन्दै कर्मचारीहरूको गुनासो बढेपछि युनियनहरूले पनि संयुक्तरूपमा घिसिङको ध्यानाकर्षण गराएका हुन् ।

युनियनहरूले कार्यकारी निर्देशक घिसिङलाई बुझाएको ध्यानाकर्षण पत्र


Read Previous

इन्धन अभाव र चर्को मूल्यवृद्धिले नवीकरणीय ऊर्जाका स्रोतको खोजीमा बितेको सन् २०२२

Read Next

झापाका पर्यटकीयस्थल वनभोजले भरिभराउ