Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

म्याग्दीका २० पर्यटकीयस्थलमा पूर्वाधार निर्माण योजना


म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीका २० पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका लागि चालू आर्थिक वर्ष २०७९÷८० मा योजना छनोट गरेको छ ।

प्रदेश सरकारअन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालयमार्फत कार्यान्वयन हुने ती योजनाका लागि एक करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

कार्यालय प्रमुख पोषानाथ शर्माले पर्यटकीयस्थलमा पदमार्ग, उद्यान, रेलिङ, भवनलगायत पूर्वाधार निर्माणका लागि छनोट भएका योजनाको कार्यान्वयन प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

‘स्थानीय तह र वडा कार्यालयसँग समन्वय गरेर उपभोक्ता समिति गठन, प्राविधिक लागत अनुमान तयार पार्ने काम भइरहेको छ’, उनले भने, ‘पाँच योजनाको उपभोक्ता समितिले सम्झौता गरेर निर्माणको काम थालेका छन् ।’

पाँच/पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको बेनीको ब्रह्मकुमारी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र, गलेश्वर मन्दिर–काउलेगौडा पदमार्ग, कन्थराजको थान र फूलपातीदेखि ज्यामरुककोट मन्दिर, मालिका गाउँपालिकाको कुकुरखोरिया–दुरलेकको मेला जाने पदमार्ग र  सात लाख रुपैयाँ विनियोजन भएको रघुगङ्गा–३ गायत्री मन्दिरमा उद्यान निर्माण योजनाको काम सुरु भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको नारच्याङ झरना रेलिङ, तातोपानी कुण्डमा पर्यटकीय पूर्वाधार, सुकेधारा–सुवा पदमार्ग र अन्धगल्छी–रुप्से छहरा–भूमे मन्दिर पदमार्ग निर्माणका लागि १०/१० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

रघुगङ्गा गाउँपालिका–४ को भूमेथान चौतारी निर्माणमा दुई लाख, बेनीको मसिना ढुङ्गा थाकनपोखरी भेटेरिनरी कार्यालय पदमार्गका लागि १५ लाख, गैराबारी–ढुङ्गेटा खेतदेउने पदमार्गका लागि पाँच लाख र गुफा राममन्दिर परिसरमा उद्यान निर्माणमा १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी मालिका गाउँपालिकाको प्रभुचेला आश्रम भौतिक पूर्वाधार निर्माणका लागि १५ लाख, इग्रे–लामखोरिया पदमार्गका लागि १० लाख, पन्थोकदेखि मालिका धुरी जाने पदमार्गका लागि पाँच लाख, धवलागिरिको लुलाङ्ग–सागबारी पदमार्गका लागि १० लाख र बेँसी पन्थोक टाङवाङ रिख पदमार्गका लागि १० लाख रुपैयाँ बजेट आएको छ ।

मङ्गला गाउँपालिकाको साउनेपानी हुँदै डाँडा र सिरकुम–तीनचुले पदमार्गका लागि १०/१० लाख रुपैयाँ बजेट प्राप्त भएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।


Read Previous

लुक्ला विमानस्थलबाट फर्किने यात्रुको चाप बढ्यो

Read Next

दमौलीमा सांस्कृतिक एवम् पर्यटन महोत्सव

Leave a Reply

Your email address will not be published. Required fields are marked *