Nepal Purbadhar

विश्वमै ख्याती कमाएको एक्कोर समूहले नेपालमा ‘मर्क्याेर काठमाडौं’ होटल निर्माण गर्ने


काठमाडौं । भारत, मध्यपूर्व, अफ्रिका, टर्की लगायत विभिन्न देशमा ४३० भन्दा बढी होटलमा लगानी गरेको एक्कोर समूहले नेपालमा पनि ‘मर्क्याेर काठमाडौं’ होटल निर्माण गर्ने भएको छ । होटल व्यवसायमा विश्वकै अग्रणी मानिने यो समूहले नेपालमा पहिलो पटक होटल व्यवसायमा लगानी गर्न लागेको हो ।
‘मक्र्योर काठमाडौं’ निर्माण गर्न नेपालमा दि मेट्रोपोलिटन होटल प्रालि नामक कम्पनी स्थापना गरिएको छ । सन् २०२३ मा होटल निर्माण गर्न दि मेट्रोपोलिटन होटल प्रालि र एक्कोर इन्डिया एण्ड साउथ एसियाबीच सम्झौतामा सोमबार हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार एक्कोर समूहले दि मेट्रोपोलिटन होटल प्रालिमार्फत काठमाडौंमा १०२ कोठाको सुविधा सम्पन्न होटल निर्माणमा लगानी गर्नेछ ।काठमाडौंको रिङरोड परिसरमा होटलको संरचना रहने सम्झौतापछि जारी बक्तव्यमा जनाइएको छ ।

काठमाडौं प्राचिन परम्परा बोकेको काठमाडौं ऐतिहासिक एवं सांस्कृतिकरूपमा समेत धनी रहेको हुँदा रिङरोड परिसरभित्र ‘मक्र्योर काठमाडौं’ होटलको संरचना निर्माण गर्न लागेको बक्तव्यमा उल्लेख छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छोटो दुरीमा काठमाडौंका मुख्य आकर्षण रहेका पशुपतिनाथ मन्दिर, स्वयंभूनाथ लगायत स्थानमा सहजै पुग्ने स्थानमा होटल निर्माण गरिनेछ ।

नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसिसिआइ) तथा सार्क चेम्बर अफ कर्मसमा आबद्ध व्यवसायी देशबन्धु बस्नेत, विजया बि. मल्ल तथा राजेन्द्र राउत होटलको प्रवर्द्धन गर्न स्थापना गरिएको दि मेट्रोपोलिटन होटल प्रालिको मुख्य सञ्चालक छन् ।

होटलमा सेवा लिन आउने पाहुनाको लागि बास बस्ने व्यवस्थासँगै खाना खाने रेष्टुरेन्ट तथा बार एवं फिटनेट सेन्टर राखिनेछ । साथै, होटल परिसरमा स्वीमिङ पुल तथा बैठक कक्ष पनि निर्माण गरिनेछ ।

एक्कोर इन्डिया एण्ड साउथ एसियाका वरिष्ठ उपाध्यक्ष पुनीत धवनले नेपालमा पहिलो मक्र्योर होटल स्थापना गर्नका लागि सम्झौता गर्न पाउँदा खुशी लागेको बताए । उनले आफ्नोतर्फबाट इमानदारितापूर्वक सम्झौताअनुसार काम गरी होटट निर्माणको काम सम्पन्न गरेर सञ्चालनमा ल्याउनका लागि आतुर रहेको बताए ।

मक्र्योरलाई विश्वकै सबैभन्दा प्रतिष्ठित मिड–स्केल ब्रान्ड मध्ये एक मानिन्छ । धवनले नेपालको संस्कृतिक महत्त्वलाई विश्वसामु पुर्याउन मर्क्याेर होटलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताए । उनले दि मेट्रोपोलिटन होटल प्रालिसँगको सहकार्यमा मक्र्योर काठमाडौं होटलमा लगानी गर्न पाउँदा खुशी लागेको बताए ।

भारत र दक्षिण एसिया हेर्ने एक्कोरका अर्का उपाध्यक्ष अनिरुद्धकुमार विकासले नेपालमा पहिलो मक्र्योर होटल स्थापना गर्ने प्रक्रिया अगाडि बढाउन पाउँदा हर्षित भएको बताए । उनले काठमाडौंको भव्यता, सौन्दर्य तथा यहाँका सम्पदा हेर्न विश्वका पर्यटक आउने हुँदा मर्क्याेर होटल निर्माणले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा योगदान पुग्ने बताए ।

यस्तै, दि मेट्रोपोलिटन होटल प्रालिका अध्यक्ष बस्नेतले एक्कोरसँगको साझेदारीमा नेपालमा विश्वकै उत्कृष्ट एक्कोर ब्रण्ड ल्याउन पाउँदा उत्साहित भएको बताए । उनले मर्क्याेर होटल स्थापना हुँदा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या बढ्ने विश्वास गर्दै उनीहरूका लागि उत्कृष्ट आवाससँगै सबै प्रकारका उच्च गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

Facebook Comments

Read Previous

मध्यमोदीबाट यसै सातादेखि व्यापारिक विद्युत उत्पादन

Read Next

काम नगर्ने निर्माण कम्पनीलाई जरिवाना तिराएर कारबाही

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar