Nepal Purbadhar

बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024

बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

किमाथाङ्का अरुण आयोजनाकाे वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न सुझाव माग


काठमाडाैं । संखुवासभामा पहिचान भएकाे ४५४ मेगावाटकाे किमाथाङ्का  अरुण अर्धजलाशय जलविद्युत आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न सम्बन्धित सराेकारवालासँग राय तथा सुझाव मागिएकाे छ । संखुवासभाकाे अरुण नदी बेसिनकाे याे आयाेजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल प्रभावका सम्बन्धमा ७ दिनभित्र प्राप्त हुने गरी लिखित राय तथा सुझाव पेश गर्न आग्रह गरिएकाे हाे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत  उत्पादन कम्पनीले अर्धजलाश  प्रकृतिको याे आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन तयारी गर्न अध्धयन प्रक्रिया अगाडि बढाएको हाे । कम्पनीले सूचना सार्वजनिक गरी साे क्षेत्रकाे प्राकृतिक भाैतिक,भाैतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक प्रणालीमा पर्नसक्ने प्रभावबारे लिखित सुझाव पठाउन भनेकाे हाे ।

सम्बन्धित स्थानीय सराेकारवालाले दिएकाे राय तथा सुझावका आधारमा कम्पनीले आयाेजनाकाे वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्नेछ । नेपाल विद्युत प्राधिकरणको सहायक एनइए इञ्जिनियरिङ कम्पनीले परामर्शदाताकाेरूपमा आयोजनाको अध्ययन गरिरहेकाे छ । याे आयोजना सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ मा पर्दछ ।

अरुण नदीमा निर्माण हुने आयोजना ऊर्जा उत्पादनका हिसाबले पनि आकर्षक रहेकाे अध्ययनले देखाएकाे छ । भोटखोला एउटै वडाभित्रमात्रै संरचना रहने गरी पहिचान भएकाे याे आयोजना स्थानीय छुम्सुर गाउँ नजिकै छ । विशेष गरी सुख्खा यामकाे विद्युत माग व्यवस्थापन गर्ने उद्देश्यले याे आयाेजना निर्माण गर्न लागिएकाे हाे ।

कम्पनीका अनुसार अरुण नदीमा १४० मिटर र नदीको सतहदेखि ७० मिटर अग्लो आयोजनाकाे बाँध निर्माण हुनेछ । बाँध क्षेत्रमा ०.३५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अर्धजलाशय निर्माण गर्ने गरी आयोजनाकाे डिजाइन गरिएकाे छ ।

अध्ययनअनुसार आयोजनाकाे अर्धजलाशय १ सय ३ लाख घनमिटर क्षमताको हुनेछ । भोटखोला गाउँपालिका– २ को लिहम गाउँबाट ५ सय मिटर तल पुङमुछीमा आयोजनाकाे विद्युतगृह निर्माण हुनेछ । आयोजनाका लागि ८ मिटर व्यास भएको ५.९१८ किलाेमिटर लामो भूमिगत मुख्य सुरुङ निर्माण हुनेछ ।

पानीको डिजाइन बहाव  १ सय ४३ घनमिटर प्रतिसेकेण्ड तथा ३७९.५२ मिटरको कूल हेड प्रयोग गरिनेछ । आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आउँदा वार्षिक २ हजार ६ सय ५५ गिगवाट घण्टा विद्युत उत्पादन हुनेछ ।

आयोजनाकाे विद्युतगृह भूमिगत रहने गरी डिजाइन गरिएकाे छ । विद्युतगृहमा ४ वटा उत्पादन युनिट जडान गरी विद्युत उत्पादन गरिनेछ । विद्युतगृहबाट विद्युत उत्पादन भइ निस्कने पानी पुनः अरुण नदीमा पठाउन ७५१.०५ मिटर लामाे रेलरेस सुरुङ निर्माण गरिने कम्पनीले जनाएकाे छ ।

आयोजनाकाे संरचना स्थलसम्म पुग्न २६.८  किलोमिटर  पहुँचमार्ग निर्माण गर्नुपर्नेछ । आयोजनाका अधिकांश संरचना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछन् ।

अरुण नदीमा नै हाल भारत सरकारकाे स्वामित्वमा रहेकाे सतलज विद्युत निगमले ९ सय मेगावाटकाे  अरुण–३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सतलजले नै तल्लो अरुण निर्माण गर्न अनुमति लिएकाे छ । नेपाल विद्युत प्राधिकरणसँग मिलेर अरुण–४ जलविद्युत आयाेजनामा लगानी गर्ने सहमति भएकाे छ ।

यस्तै, विद्युत प्राधिकरणले नै १ हजार ६१ मेगावाटकाे माथिल्लो अरुण अर्धजलाशय आयाेजना निर्माण गर्दैछ । प्राधिकरणले याे आयोजना निर्माण गर्न  सहायक कम्पनी स्थापना गरेर वित्तीय व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको छ । हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआडिसिएल) ले आन्तरिक रुपमा वित्तीय व्यवस्थापनको काम सुरु गरेको छ ।


Read Previous

वीरगञ्जबासीले ३० युनिट विद्युत निशुल्क पाउने 

Read Next

दोर्दी कोरिडोरबाट राष्ट्रिय प्रसारण लाइनमा ७२ मेगावाट बिजुली जोडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *