Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पोखराको ‘ल्याण्डफिल साइट’ पुर्न सुरु, विमानस्थल सञ्चालन सहज हुने


कास्की। पोखरा महानगरपालिकाले पोखरा १४ बाच्छेबढुवामा रहेको ‘ल्याण्डफिल साइट’मा फोहरमैला फाल्न आइतबारदेखि बन्द गरेको छ ।

अङ्ग्रेजी नयाँ वर्ष अर्थात् आगामी पुस १७ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि महानगरले विमानस्थल नजिकै रहेको ल्याण्डफिल साइटमा फोहरमैला लैजान बन्द गरेको हो ।

अहिले ल्याण्डफिल साइट पुर्ने काम सुरु भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि एयरपोर्ट नजिकैको सो ल्याण्डफिल साइट मुख्य बाधक बनेको थियो ।

ल्याण्डफिल साइटका कारण विमानस्थल सञ्चालनमा ढिलाइ भएपछि महानगरले लामो समयदेखि फोहरमैला व्यवस्थापनका लागि वैकल्पिक स्थानको खोजी गरे पनि सफल हुनसकेको छैन ।

विमानस्थलको अर्को अवरोधका रुपमा रहेको रिठेपानीडाँडा कटानको कामसमेत अहिले भइरहेको छ । सोही डाँडा कटानको माटो ल्याएर अहिले ल्याडफिल साइट पुर्न सुरु गरिएको हो ।

महानगरले ल्याण्डफिल साइटमा फोहर लैजान बन्द गरेर त्यसलाई पुर्न सुरु गरिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए । उनका अनुसार महानगरको फोहरमैला व्यवस्थापनका लागि तत्कालका लागि वडामानै अल्पकालीन व्यवस्था मिलाइएको छ ।

ल्याण्डफिल्ड साइटमा आजदेखि फोहर फालिने छैन । तत्कालका लागि फोहर व्यवस्थापनका गर्न महानगरका विभिन्न वडामा अल्पकालीन व्यवस्था मिलाइएको प्रमुख आचार्यले बताए ।

फोहरमैला व्यवस्थानका लागि केही ठाउँ हेरिएको छ भने त्यसपछि प्रशोधन केन्द्रसहितको व्यवस्थित ल्याण्डफिल साइट निर्माण गरिनेछ ।

प्रशोधन केन्द्र स्थापनाका लागि हाल विभिन्न विकल्पमा छलफल भइरहेको महानगरले जनाएको छ । महानगरले छिमेकीमूलुक भारतसहित देशभित्रका विभिन्न स्थानमा पुगेर फोहर व्यवस्थापनका उपायका बारेमा जानकारी लिएको थियो ।

लामो समयदेखि विमानस्थल सञ्चालनका अवरोधका रुपमा रहेका रिठ्ठेपानीडाँडा कटान र ल्याण्डफिल साइट हटाउने काम भएपछि तोकिएकै मितिमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने विश्वास गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका प्रवक्ता अनुप जोशीले विमानस्थल सञ्चालनका लागि आवश्यक काम भइरहेको जानकारी दिए ।

उनले ४० मिटर अग्लो रिठ्ठेपानीडाँडा १४ मिटर काटिसकिएको र बाँकी अवधिमा सबै काम सम्पन्न हुने र ल्याण्डफिल साइट हटेसँगै उडानमा थप सुनिश्चितता भएको बताए ।

पोखरा विमानस्थल चिनियाँ कम्पनी सिएएमसिईले निर्माण गरेको हो । यसअघि गतवर्ष चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेलमा विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो ।

चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विमानस्थलका लागि विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि ४ दशकपछि निर्माण सुरु भएको थियो ।

विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकोमा विसं २०७४ देखि निर्माणकार्य सुरु भएको हो । रासस


Read Previous

महाकाली तटीय क्षेत्रः पहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य

Read Next

‘दिगो भविष्यका लागि शतप्रतिशत नवीकरणीय ऊर्जा’

Leave a Reply

Your email address will not be published. Required fields are marked *