Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु


तुलसीपुर  ।  दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ ।

नेपाल वायुसेवा निगमको जहाजमा आइतबार चारसय ६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताए । ‘हामीले पहिलोपटक विमानमा इन्धन रिफ्युल गर्याै’, उनले भने, ‘अब नियमित रिफ्युलको कार्य हुनेछ ।’

शनिबारदेखि इन्धन राख्न सुरु गर्ने भनिए पनि जहाज नआएपछि आइतबार रिफ्युल भएको हो । डिपो निर्माण नहुँदा यसअघि काठमाडौँबाट इन्धन बोकेर आउनुपथ्र्यो ।

सिटमा राखेर इन्धन राख्नुपर्ने अवस्था रहे पनि अब भने त्यस्तो समस्या नहुने वायुसेवा निगम दाङका प्रमुख महेन्द्र शर्माले बताए । ‘यसअघि विमानको सिटमै राखेर इन्धन काठमाडौँबाटै ल्याउनुपर्ने हुन्थ्यो’, उनले भने, ‘अब भने त्यो समस्या हट्नेछ ।’  इन्धन बोक्ने सिटमा अब यात्रुलाई नै राखिने र त्यसले भाडा कम हुन सक्ने अपेक्षा गरिएको छ ।

टरिगाउँस्थित डिपोमा ३० हजार लिटर इन्धन स्टोर गर्ने क्षमता रहेको छ, भने बाउजरमा ११ हजार लिटर स्टोर गर्न सकिन्छ । नियमित विमानसेवा सञ्चालन भएमा पनि तीन महिनासम्म इन्धन पु¥याउन सकिने इन्धन डिपो दाङका प्रमुख विपिन श्रेष्ठले जानकारी दिए ।

इन्धन तत्काल आवश्यक परेमा तत्काल नेपालगञ्जबाट आपूर्ति गर्न सकिने भन्दै आपूर्तिमा कुनै समस्या नआउनेसमेत प्रमुख श्रेष्ठले बताए । ‘हामी जतिबेला चाहिन्छ, त्यतिबेलै ल्याउँछौँ’, उनले भने, ‘कहिल्यै नेपाली सेनाको हेलिकप्टर आकस्मिक रुपमा पनि आउन सक्छ, त्यस्तो बेला पनि हामीले आपूर्ति गर्छौं ।’

विगत छ महिनाअघि नै विमानस्थलको डिपोमा इन्धन राखिएको थियो । आयल निगमको केन्द्रीय कार्यालयबाट एक जना, प्रदेशस्थित भैरहवा कार्यालयबाट दुई जना तथा नेपालगञ्ज कार्यालयबाट एक जना प्राविधिकसहितको टोली विमानस्थलमा आएर इन्धन रिफ्युल गरिएको हो ।

यो चौथो प्रयासपछि मात्रै रिफ्युल भएको हो । यसअघि विभिन्न कारण देखाउँदै रिफ्युल कार्य हुन सकेको थिएन । डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो । भारतबाट तथा केन्द्रीय कार्यालयमा पनि परीक्षण गरेपछि रिफ्युल गर्न योग्य भएपछि आइतबार रिफ्युल कार्य गरिएको हो । टरिगाउँमा नेपाल वायुसेवा निगमको १९ सिटे टुइनेटर जहाज सञ्चालनमा छ ।

एयरपोर्टको धावनमार्ग सात सय ५० मिटर मात्रै रहँदा ठूला जहाज बस्न सकेका छैनन् । जसले गर्दा महँगो भाडा तिर्न यात्रु बाध्य छन् ।

दाङ–काठमाडौँ हवाई भाडा न्यूनतम भाडा ८ हजार आठ सय १० छन्, भने अधिकतम  १२ हजार ६ सय ६५ रूपैयाँ रहेको छ । काठमाडौँभन्दा दाङ आउँदा भने त्यसको २ सय बढी हुन्छ ।

काठमाडौँमा यात्रु सेवाबापत ५ सय रहेको, दाङमा ३ सय रहेकाले काठमाडौँबाट दाङ आउँदा २ सय रूपैयाँले बढी लाग्ने गर्छ । रासस


Read Previous

कालीगण्डकी करिडोरसँगको पहुँचमार्ग कालोपत्रे गरिने

Read Next

मध्यपहाडी लोकमार्गकाे बागलुङ अक्षते–घोडाबाँधे खण्डको ठेकेदार सम्पर्कविहीन, काम अलपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *