Nepal Purbadhar

नेपाल–अमेरिका व्यापारबाट उच्च लाभ लिन थप बजारीकरण जरुरी


काठमाडौं । नेपाल र अमेरिकाबीचको व्यापारबाट दुवै देशले उच्च लाभ लिनका लागि थप बजारीकरणको आवश्यकता औल्याइएको छ ।
नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले गैरआवासीय नेपाली संघ अमेरिका, न्यूयोर्क च्याप्टरसंगको सहकार्यमा न्यूयोर्कमा आयोजना गरेको “नेपाली उत्पादन, मौलिक परिकार तथा पर्यटन प्रवर्द्धनमा गैरआवासीय नेपाली समुदाय/व्यवसायीको भूमिका” विषयक अन्तर्क्रिरयामा सो आवश्यकता औल्याइएको हो ।

कार्यवाहक महावाणिज्यदूत बिष्णु गौतमले नेपाल र अमेरिकाबीचको व्यापारमा दुवै देशलाई लाभ हुनेगरी उच्च बृद्धि संभव रहेको र यसका लागि थप बजारीकरण जरुरी रहेकोमा जोड दिए । दुईपक्षीय व्यापारको अवस्था, अमेरिका निर्यात भइरहेका र उच्च संभावना भएका नेपाली बस्तु र ती बस्तुले अमेरिकी बजार प्रवेशमा पाउने सुविधाबारे जानकारी दिँदै उनले बढ्दो नेपाली समुदाय र विस्तारित संजालबाट संख्यात्मक र गुणात्मक दुवै रुपमा नेपालको प्रवर्द्धनमा अझ बढी योगदानका लागि नेपाली समुदायलाई आग्रह गरे ।

नेपाल र अमेरिकाबीच रहेको मैत्रीपूर्ण र सुमधुर कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ पार्न जनस्तर र व्यवसायस्तरका सम्बन्धको महत्वपूर्ण भूमिका हुने बताउँदै उनले दुई देशबीच व्यापार, पर्यटन, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान अझ बृद्धिगर्न नेपाली व्यवसायी, शैक्षिक संस्था, पर्यटक, तथा गैरआवासीय नेपाली समुदायको संजाल निकै प्रभावकारी हुनसक्ने बताए ।

कार्यक्रममा विभिन्न नेपाली बस्तुको आयात, बजारीकरण, विक्रिवितरण, तथा पर्यटन र परिकार प्रवर्द्धनमा सक्रिय अनिल रौनियार, लिंकन एभरेष्ट, सुमित अग्रवाल, निश्चल बांस्कोटा, दुर्गेशजंग कार्की, मनीष कर्ण र साङ्गदोर्जे शेर्पाले आफ्नो प्रस्तुतिमा नेपालको प्रवर्द्धनका लागि भइरहेका प्रयास, अवसर र चुनौतीबारे चर्चा गरेका थिए । नेपालमा स्थानीय स्तरमा उत्पादित बस्तुदेखि लिएर अन्य बस्तु निर्यातसंजालमा जोड्न, जिएसपी नवीकरण, भंसार सुविधा, बजारीकरण र नेपाली बस्तुको गुणस्तर कायम राख्न नेपाल सरकारको सहयोग आवश्यक रहेको धारणा व्यवसायीले राखेका थिए ।

एनआरएनए न्यूयोर्क च्याप्टरका उपाध्यक्ष शोभाकान्त पाण्डेले गैरआवासीय नेपालीको मातृभूमीसंग निकट र भावनात्मक सम्बन्ध रहेको र नेपाल सरकारले देशको आर्थिक सम्बृद्धिका लागि एवम् नेपाली बस्तु निर्यात तथा पर्यटन प्रवर्द्धनका लागि चालेका कदममा गैरआवासीय नेपाली समुदायको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

Facebook Comments

Read Previous

कालीगण्डकीमा पक्की पुल निर्माण अलपत्र, स्थानीयलाई आवत-जावतमा सास्ती

Read Next

निफ्रा र आइएफसीबीच पीपीपी आयोजना विकासको लागि समझदारीपत्रमा हस्ताक्षर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar