Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

झोलुङ्गे पुलले छोट्यायाे परेवाडाँडा र चिन्तुटारकाे दूरी   


तनहुँ । मादी नदीको दायाँ बायाँमा व्यास नगरपालिकाका दुई वडा पर्छन् । वारी व्यास-१० को परेवाडाँडा र पारी व्यास-५ को चिन्तुटार । दुवै वडाको बीचमा मादी नदी बग्छ । मादी नदीमा झाेलुङ्गे पुल बनेसँगै यी २ वडाकाे दूरी छाेट्टिएकाे छ ।

मादी नदीमाथि पुल नहुँदा हिँडेर एक घण्टा लाग्ने दूरी अहिले पुल बनेपछि दश मिनेटमा आउजाउ गर्न सकिन्छ ।  पुल बनेपछि दैनिक दुई वडाका बासिन्दाको आवात-जावत सहज बनेकाे व्यास-१० का पूर्ववडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो ।

आर्थिक वर्ष २०७६/७७ मा पुल निर्माणको लागि ठेक्का सम्झौता गरे पनि विद्युत्को हाइटेन्सन लाइन र कोरोनाका कारण दुई वर्ष ढिलो गरी उक्त पुल हालै सम्पन्न भएको हो । करिब दुई सय ८२ मिटर लामो झोलुङ्गे पुल निर्माणपछि त्यसक्षेत्रका बासिन्दामा खुसीयाली छाएको छ ।

गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत जिल्ला पूर्वाधार कार्यालय तनहुँले याे पुल बनाएको हो । २ करोड ६४ लाख रुपैयाँमा पुल निर्माण गरिएको साइट इन्चार्ज इञ्जिनीयर शेखर रायमाझीले जानकारी दिए ।

पिजन हिल होटल सञ्चालकसमेत रहेका  विवेक सापकोटाले दुई वडासहित करिब १० हजार बढी स्थानीय प्रत्यक्ष लाभान्वित भएको बताए । पुल बनेपछि स्थानीयलाई बिरामी हुँदा निकै राहत मिलेको व्यास नगरपालिका-१० का वडा अध्यक्ष खेमराज पोलले जानकारी दिए ।


Read Previous

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनको क्षमता ८ हजार मेगावाट, लागत साढे १३ अर्ब

Read Next

भरतपुर महानगरले मत्स्य फार्मलाई विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने

Leave a Reply

Your email address will not be published.