Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

चन्द्रागिरिमा १ अर्ब लागतको खानेपानी आयोजना स्वीकृत, प्रत्येक घरमा प्रतिदिन १३५ लिटर पानी उपलब्ध हुने


चन्द्रागिरि नगरपालिकामा ‘सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना’ कार्यान्वयनमा आउने भएको छ ।

चन्द्रागिरिको खानेपानी तथा ढल निकासको दीर्घकालीन समाधान खोज्न कार्यान्वयनमा ल्याइएको सो आयोजना चन्द्रागिरी–१२ र १४ वडाबाट सुरुआत हुने र ११, १३ र १५ मा पनि सञ्चालन हुनेछ । साथै निकट भविष्यमा नगरका बाँकी सबै वडामा आयोजना सञ्चालन हुने बताइएको छ ।

एसियाली विकास बैंकको आर्थिक एवं प्राविधिक सहयोगमा खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्था विभागले चन्द्रागिरिका ती वडामा पहिलोपटक करिब १ अर्बभन्दा बढी लागतमा सो बृहत खानेपानी तथा सरसफाइ आयोजना स्वीकृत गरेको हो ।

‘खानेपानी मन्त्रालयबाट सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना स्वीकृत भएको जानकारी नगरपालिकामा आइसकेको छ ।

नगरपालिकाका विभिन्न वडालाई सहज हुने सो बृहत खानेपानी स्वीकृत भएसँगै अब यसलाई द्रुत कार्यान्वयनमा लैजान आवश्यक नीतिगत विषयहरू अगाडि बढाइसकेका छौँ’ चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले भने ।

यसका लागि नगरपालिकाले पहिलो चरणमा सम्बन्धित पक्षसँगको सर्वपक्षीय बैठक सम्पन्न गरिसकेको छ । उनका अनुसार अब १ महिनाभित्र नै उपभोक्ता समिति गठन भइ ‘सर्भे’ तथा ‘डिजाइन’को काम अगाडि बढ्ने छ ।

काठमाडौँ उपत्यकाभित्रका नगरपालिकामध्ये र देशकै २० नगरपालिकामध्ये पहिलोपटक चन्द्रागिरिमा सो बृहत् खानेपानी आयोजना स्वीकृत भएको हो ।
आयोजनाका सामाजिक सुरक्षण विज्ञ समिर ढकालका अनुसार यो आयोजना दक्षिण एसियाकै नमूना योजनाभित्र पर्ने छ । ‘उपभोक्ता समिति गठन भइसकेपछि सर्भे तथा डिजाइनको काम अगाडि बढ्छ ।

एक वर्षभित्रमा सर्भे र डिजाइनको काम सकिन्छ र यसपछि काम अगाडि बढ्छ । आयोजना अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार सञ्चालनमा आउँछ’ उनले भने ।

नगरपालिकाले आयोजनालाई अगाडि बढाउन उच्च प्राथमिकतामा राखेको छ । यसका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहजीकरण गर्ने र दुई चरणमा सरोकार पक्षसँगको बैठकसमेत सम्पन्न गरेको छ ।

आयोजनाबाट जलवायु परिवर्तनका नकरात्मक असर कम गर्ने कार्य पनि हुनेछ । सुरक्षण विज्ञ ढकालले भने, ‘आयोजनाले निम्न वर्गका नगरवासीलाई धारा जडान र शौचालय निर्माणमा पनि अनुदान प्रदान गर्नेछ ।’ उनका अनुसार सन्न् २०२४ भित्रमा सो आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

‘सबैका लागि खानेपानी र सरसफाइ’ भन्ने अवधारणाअनुसार आयोजनाले प्रत्येक घरमा निजी धारा जडान गरी प्रतिदिन प्रतिव्यक्ति १ सय ३५ लिटर राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ अनुसार वितरण गर्ने जानकारी दिएको छ ।

अर्कोतर्फ सबै नगरवासीलाई खानेपानी र सरसफाइको आवश्यक पहुँच पुर्यारउन नगरपालिकाले एकीकृत खानेपानी नीति कार्यान्वयनमा ल्याउने जनाएको छ । ‘चन्द्रागिरिका खानेपानीका प्राकृतिक मुहान तथा भूमिगत स्रोत संरक्षणमा ध्यान दिएका छौँ’ नगरप्रमुख गिरीले भने ।

उनका अनुसार गत स्थानीय निर्वाचनमा ‘एक घर एक धारा’ आफ्ना अवधारणाअनुसार सबै नगरवासीलाई खानेपानीको पहुँच पुर्यारउने प्रतिबद्धता गरेका थिए ।

आयोजना कार्यान्वयन गर्ने प्रतिबद्धता

सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजनाले समेट्ने सम्बन्धित वडाका वडाध्यक्षले आयोजना कार्यान्वयनलाई उतार्न आवश्यक पर्ने नीतिगत तथा अन्य क्षेत्रहरूलाई सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुइँटेलले नगरपालिकाको गौरव र प्रतिष्ठासँग गाँसिएको खानेपानी आयोजना कार्यान्वयमा उतार्ने जानकारी दिए ।

‘चन्द्रागिरि नगरको प्रतिष्ठासँग गाँसिएको बृहत् खानेपानी आयोजना कार्यान्वयनमा सहयोग हुन्छ । नगरवासीलाई खानेपानीको समस्या सम्बोधन गर्न उच्च प्राथमिकता दिएका छौँ’ उनले भने ।

चन्द्रागिरि–१२ का पूर्ववडाध्यक्ष प्रकाश श्रेष्ठले चन्द्रागिरि नगरपालिकामा सबैभन्दा बढी वडा नं १२ मा खानेपानीको समस्या रहेको जनाउँदै यसलाई सम्बोधन गर्न आफ्नो कार्यकालमा प्राथमिता दिएको बताए ।

वडा नं ११, १२, १३ र १४ का वडाध्यक्ष क्रमशः नरेन्द्रराज श्रेष्ठ, न्हुच्छेबहादुर महर्जन, श्रीकृष्ण खत्री र राजभाइ महर्जनले खानेपानीको समस्या सम्बोधन गर्न आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाका छन् । रासस


Read Previous

कोभिडले सार्क क्षेत्रमा रोजगारीमा परेको प्रभाववारे काठमाडौंमा छलफल

Read Next

नवीकरणीय ऊर्जा उत्पादन बढेपछि भारतमा यो वर्षको ऊर्जा संकट टर्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *