Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

४ महिनामा माथिल्लो चमेलियाको विद्युत प्रणालीमा जोडिँदै, ८५ प्रतिशत निर्माण सकियो


काठमाडौं । सूदुरपश्चिम प्रदेशको दार्चुलामा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत अबको ४ महिनामा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । अपि पावर कम्पनीले निर्माण गरिरहेको यो आयोजना आगामी फागुनभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो ।

दुर्गम जिल्लामा पर्ने यो आयोजनामा बिना अवरोध काम हुन सकेकाले नै फागुनभित्र प्रसारण प्रणालीमा जोड्न सम्भव देखिएको कम्पनीका प्रबन्ध निर्देशक सन्दीप न्यौपानेले बताए । उनका अनुसार आयोजनाको सिभिलतर्फको ८५ प्रतिशत निर्माण पूरा भइसकेको छ ।

‘दार्चुलामा निर्माण भइरहेको यो हाम्रो तेस्रो आयोजना हो,’ उनले भने, ‘कोरोना कालमा केही समय काम सुस्त भए पनि निर्धारित तालिकाभित्रै विद्युत उत्पादन गर्ने चरणमा अब आयोजना पुग्न लागेको छ ।’ उनले बाँध क्षेत्रको ८० प्रतिशत बढी काम सम्पन्न भइसकेको बताए ।

बाँकी २० प्रतिशत काम तालिकाभित्रै पूरा गर्ने गरी निर्माणमा तीव्रता दिइएको उनले बताए । पाइप लाइनको काम पनि धमाधम भइरहेको छ । आयोजनाको ६ किलोमिटर पाइप लाइनमध्ये ४.७ किलोमिटरको काम पूरा भइसकेको उनले जानकारी दिए ।

यस्तै, आयोजनाको विद्युतगृहमा सिभिल संरचना निर्माणको काम पूरा भइसकेको छ । विद्युतगृहमा जडान हुने उपकरण आयोजना स्थलमा ढुवानी भइरहेको न्यौपानेले बताए ।

‘५० प्रतिशत उपकरण आयोजना स्थलमा ल्याइसकेका छौं । बाँकी उपकरण ढुवानीको काम पनि भइरहेको छ । चाँडै नै उपकरण जडानको काम सुरु गर्दैछौं’ उनले भने । न्यौपानेले उपकरण जडानको काम पूरा गर्न करिब डेढ महिना लाग्ने पनि उनले बताए ।

आयोजनाले उत्पादन गर्ने विद्युत १३२ केभी बलाँच सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक १६ किलोमिटर प्रसारण लाइन कम्पनीले नै निर्माण गरिरहेको छ ।

प्रसारण लाइनको रुटमा ५२ वटा टावर निर्माण गर्नुपर्नेछ । जसमध्ये ५१ वटाको जग खनेर सकिएको न्यौपानेले जानकारी दिए । प्रसारण लाइनका ३५ वटा टावर खडा भइसकेका छन् ।अहिले विद्युतगृह नजिकै स्वीचयार्ड निर्माणको काम पनि भइरहेको कम्पनीले जनाएको छ ।

यो आयोजना प्रतिमेगावाट १८ करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य छ ।अहिलेसम्मको अवस्थाले निर्धारित लागतभित्रै आयोजना सम्पन्न गर्न सम्भव देखिएको न्यौपानेले बताए ।

आयोजनामा हिमालयन बैंकको अगुवाईमा कर्मचारी संचय कोष, राष्ट्रिय बाणिज्य, नेपाल बंगलादेश र सेन्चुरी लगायत ६ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाले गरेको ऋण लगानी कूल लागतको ७० प्रतिशत हो । बाँकी ३० प्रतिशत लगानी स्वपुँजी (इक्विटी) हो ।

आयोजना सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन गर्न सकिनेछ । कम्पनीले यसअघि दार्चुलामै साढे १६ मेगावाटका २ जलविद्युत आयोजनाको सफल निर्माण गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिसकेको छ ।

धनुषा, रौतहट र बाराको सिमरामा गरी ३ सौर्य विद्युत आयोजना निर्माण गरी प्रसारण प्रणालीमा जोडिसकेको छ । कम्पनीले प्रसारण प्रणालीमा जोडेका सौर्य विद्युत आयोजनाको जडित क्षमता ६ मेगावाट छ । जलविद्युत र सौर्य ऊर्जामा लगानी गरिसकेको कम्पनीले हरित हाइड्रोजनमा पनि लगानी गर्दैछ । विभिन्न जिल्लामा ५० मेगावाटका हरित हाइड्रोजन प्लान्ट स्थापना गर्ने कम्पनीको योजना छ ।


Read Previous

पेट्रोलियम पदार्थको खपत घट्यो

Read Next

बुद्ध एयरले पोखरादेखि भारतका तीन गन्तव्यमा उडान गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *