Nepal Purbadhar

शुक्रबार, मंसिर २३, २०७९
Friday, December 9, 2022

शुक्रबार, मंसिर २३, २०७९
Friday, December 9, 2022

पृथ्वी राजमार्ग विस्तार गर्न थप ४६६ रुख काटिने


पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्रता पाएको छ । राजमार्ग विस्तार गर्न ४६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका ४ हजार २०५ रुख कटान गरिसकेको छ ।

आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको बताए । ‘सबै रुख नकाटिन पनि सक्छनु’, उनले भने, ‘काट्नैपर्ने रुख मात्रै कटान गरेर बचाउन सकिने रुख बचाउनेतर्फ आयोजनाले योजना बनाएको छ ।’

सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बनेका छन् । उक्त सडक खण्डमा २ हजार ४०० बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनु परेका छन् । सडक विस्तारका क्रममा सडकका दायाँबायाँ रहेका घर गोठ भत्काइँदा साढे ८ करोड रुपैयाँ क्षतिपूर्ति वितरण गरिसकेको ढकालले जानकारी दिए ।

व्यक्तिगत संरचना ७६७ र घर ८१० भत्काइएका छन् । आइपिएसमार्फत क्षतिपूर्ति रकम भुक्तानी गरिएको छ । आर्थिक पारदर्शिताका लागि आयोजनाले उक्त प्रणाली अपनाएको हो । जग्गाधनी पुर्जा भएका र नभएकाबीच कुनै विभेद नगरी क्षतिपूर्ति दिइने योजना बनाइएको ढकाल बताए । क्षति भएका व्यक्तिलाई पुनर्वास योजनामा राखी आयमूलकतर्फ केन्द्रित गरिने उनको भनाइ छ ।

आयोजनाबाट विस्थापित भएका, सीमान्तकृत, दलित, आदिवासीलगायतलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनका लागि सबल बनाउने योजना रहेको छ ।


Read Previous

घोषणापत्रमार्फत २० देखि ३० लाख पर्यटन भित्राउने पार्टीहरुको प्रतिस्पर्धा

Read Next

पिपुल्स हाइड्रोपावरको आइपीओ खुल्याे

Leave a Reply

Your email address will not be published.