Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

अन्तरदेशीय विद्युत व्यापार र आन्तरिक खपत बढाउन विद्युतीय पूर्वाधार विस्तार गर्दै प्राधिकरण


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिकरूपमै खपत गर्न प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुदृढ गर्ने भएको छ । प्राधिकरणले देशभित्र नै आन्तरिक विद्युत खपत गरी बढी भएको विद्युत भारत र बंगलादेशमा निर्यात गर्न थप प्रसारण पूर्वाधार विस्तार गर्ने भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार विद्युत खपत बढाउन तथा निर्यातका लागि सुनसरी, मोरङ र झापामा आवश्यक पर्ने पूर्वाधारका विषयमा स्थलगत अवलोकन भ्रमण गरी जानकारी लिएको छ ।

टोलीले भारतको पश्चिम बंगाल राज्यबीच अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माणको सम्भावना, बंगलादेशतर्फ विद्युत निर्यातका सबैभन्दा छोटो रुट, प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि उपयुक्त स्थान लगायतको पहिचाहन गर्न स्थलगत अध्ययन गरेको छ । टोलीले सुनसरी, मोरङ र झापामा निर्माणाधीन र हाल सञ्चालनमा रहेका विद्युत प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचनाका विषयमा पनि स्थलगत अध्ययन गरी जानकारी लिएको थियो ।

प्राधिकरणले विद्युत खपत वृद्धिको सम्भावना रहेका प्रदेश–१ अन्तर्गतका सुनसरी, मोरङ र झापा जिल्लालाई लक्षित गरी उच्च क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउने छ । साथै, भारत र बंगलादेशमा विद्युत निर्यातका लागि थप प्रसारण लाइन पूर्वाधारको निर्माण पनि प्राधिकणले गर्ने भएको छ ।

प्राधिकरणले मुलुकमा उत्पादित विद्युत आन्तरिकरूपमै खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजनासहित प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण एवं पूर्वाधार विस्तारलाई अभियानकै रूपमा चलाइरहेको छ । अहिले सञ्चालनमा रहेका पूर्वाधारहरूको स्तरोन्नति गर्ने प्राधिकरणको कार्यक्रम रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउन र बस्ती विस्तार तथा औद्योगिक करिडोर स्थापनाको सम्भावना भएका ठाउँहरुलाई लक्षित गरी प्रसारण तथा वितरण पूर्वाधार विस्तार गर्न लागिएको बताए ।

‘दीर्घकालीन रूपमा भारत र बंगलादेशतर्फ विद्युत निर्यातका लागि भारतको सिलिगुढी, पूर्णिया र किशनगञ्ज विन्दु नजिक पर्ने देखिएको छ । त्यसैले ४०० केभी इनरुवा सबस्टेसनबाट हुलाकी राजमार्गको आसपास हुँदै ४०० केभी प्रसारण लाइन निर्माण गरी झापाको अनारमनी क्षेत्रमा  सबस्टेसन बनाएर प्रसारण सञ्जाल विस्तार गर्नु पर्ने देखिएको छ’, उनले भने, ‘यो लाइन अत्यावश्यक छ । यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र विश्वसनीय भई खपत बढ्ने छ भने भारत र बंगलादेशमा विद्युत निर्यातका लागि थप प्रसारण सञ्जाल तयार हुने छ ।’

घिसिङ नेतृत्वको टोलीले पावर ग्रिड भारतको पश्चिम बंगालको सिलिगुढी स्थिति ४००÷२२० केभी विनागुढी सबस्टेसनको भ्रमण गरी विद्युत आयात निर्यातको जानकारी लिएको थियो । यो सबस्टेसनमा भुटानको ताला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत जोडिएको छ ।

आन्तरिक विद्युत खपत बढाउने अल्पकालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगहरूलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र  निर्माणाधीन आयोजनाहरूको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।  दीर्घकालीन योजनाअन्तर्गत विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँहरुको पहिचाहन गर्ने र आन्तरिक रूपमा खपत गरी बढी भएको विद्युत निर्यातका लागि ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण गरिनेछ ।

प्राधिकरणको उच्चस्तरीय टोलीले झापाको ग्वालडुब्बा, मोरङको केरौन, सुनसरीको इनरुवा तथा कुशहामा निर्माणाधीन सबस्टेसनहरुको निर्माण प्रगतिका विषयमा आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरेको थियो । टोलीले सबस्टेसनहरू भरपर्दो र विश्वसनीय विद्युत आपूर्तिका लागि महत्त्वपूर्ण भएकोले जतिसक्दो छिट्टो सम्पन्न गर्न आग्रह समेत गरेको थियो ।


Read Previous

२ सातापछि जुम्लाको अवरुद्ध विद्युत सेवा सुचारु

Read Next

राप्रपाको घोषणापत्रमा पूर्वाधारका आकर्षक एजेण्डा

Leave a Reply

Your email address will not be published. Required fields are marked *