Nepal Purbadhar

सोमवार, अशोज १७, २०७९
Monday, October 3, 2022

सोमवार, अशोज १७, २०७९
Monday, October 3, 2022

ठूला पूर्वाधार परियोजनाबारे राजनीति विवाद गर्नु हुँदैनः प्रधानमन्त्री

The Prime Minister, Shri Narendra Modi meeting the Prime Minister of Nepal, Shri Sher Bahadur Deuba, in Glasgow, Scotland on November 02, 2021.

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले ठूला पूर्वाधार परियोजनाहरुबारे राजनीति विवाद गर्न नहुने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले ठूला पूर्वाधारहरुमा सरकारले स्रोतको व्यवस्था गर्ने उल्लेख गर्दै यस्ता परियोजना साझा भएकोले सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिनुपर्ने बताए ।

नेपालको बिजुलीको व्यापारको सम्भावना भारतसँगै अरु देशसँग पनि रहेको बताउँदै प्रधानमन्त्री देउवाले हालै नेपाल र भारतसँग ऊर्जा व्यापारको समझदारी भएको भन्दै उनले अरु देशसँग व्यापारको सम्भावना बढेको बताए । भारत भ्रमणको क्रममा स्टेटमेन्ट दिएको तर यो सम्झौता नभएको उनको स्पष्टीकरण थियो ।

नेपाल आगल निगम खारेज गर्ने कुनै सोच नभएको बताउँदै उनले यसलाई प्रतिष्पर्धी बनाउन खोजेको बताए ।

प्रधानमन्त्री देउवाले बुढीगण्डकीमा स्रोतको व्यवस्थापनकै गरेर स्वदेशी लगानीमा निर्माण हुने निर्णय गरेको बताए ।

अमेरिकी सहयोगको एमसीसी परियोजनाको व्याख्यात्मक विश्लेषणलाई अमेरिकाले आफ्नो अंगको रुपमा स्वीकारेको उनको भनाई थियो ।

चीनको बीआरआईमार्फत ऋण लिने भएकोले यसबारे सकारात्मक रहेको तर यसको विश्लेषण भने गरिरहेको उनको भनाई थियो ।