निर्माण व्यवसायीहरूको तेस्रो चरणको आन्दोलन शुरु, सडक र सिंचाई विभागमा ताला
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको तेस्रो चरणको आन्दोलन आइतबारदेखि शुरु गरेको छ । आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघले ललितपुर चाकुपाटस्थित सडक विभाग र जावलाखेलस्थित सिंचाई विभागमा नाराबाजी सहित धर्ना दिएर ताला लगाएको छ