राष्ट्र बैंकको ‘बिग मर्जर’ नीति : १० वर्षमा १० वाणिज्य बैंक घटे
काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार २०६९ को असार मसान्तसम्ममा नेपालमा वाणिज्य बैंकको सङ्ख्या ३२ थियो । पछिल्लो १० वर्षमा त्यो सङ्ख्या २२ मा झरेको छ । हालसम्म १० वाणिज्य बैंकको अस्तित्व सकिएको छ ।