पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
पर्वत । पर्वतको दक्षिण भेग र सदरमुकाम कुश्मा जोड्ने कुश्मा ज्ञादी झोलुङ्गे पुलको मर्मतसम्भार नगरिँदा दुर्घटनाको जोखिम बढेको छ । पुल निर्माण भएको दुई दशक पुगिसक्दा पनि मर्मत गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् ।