बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत
बागलुङ । बागलुङको अत्यन्तै विकट मानिने रमुवा गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । गलकोट नगरपालिका-१० स्थित रमुवा गाउँमा विसं २०६२ सालमा लघु जलविद्युत् पुगे पनि हिउँदको समयमा अन्धकारमा बस्नुपर्ने बाध्यता थियो ।