गर्ज्याङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न, २ सय मेगावाट विद्युत प्रवाहका लागि पूर्वाधार तयार
काठमाडौं । खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिकाको गर्ज्याङबाट सुरु