पर्यटकको प्रतिक्षामा म्याग्दीकाे करबाकेली
बेनी (म्याग्दी) । अग्लो डाँडाबाट दन्तेहलरजस्तै देखिने मनमोहक हिमशृङ्खला र राताम्मे भएको ‘गुराँसे जङ्गल’ले समय गएको पत्तो दिँदैन । डाँडामा बनेका धार्मिक धरोहरका थानहरूले मन शान्त पारिदिन्छ । धुरीबाट फन्को मारेर देखिने दृश्यले पर्यटकलाई लोभ्याइरहेको