आव २०८०/८१ मा ३६ आयोजनाबाट थप ७५४ मेगावाट जलविद्युत उत्पादन हुने अनुमान
काठमाडाैं । सरकारले सार्वजनिक गरेकाे आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ फागुनसम्म ९५ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ। २०७९ असारसम्म ९४ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको थियो। यसैगरी, प्रतिव्यक्ति विद्युत खपत ३२५ किलोवाट घण्टाबाट ३५१ किलोवाट