भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुलकाे निर्माण सुरु
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । बजेट विनियोजन हुन थालेको ५ वर्षपछि बल्ल याे पुल निर्माणकाे काम सुरु भएकाे हाे ।