Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

सय मेगावाटको हरित हाइड्रोजन प्लान्ट स्थापनाको तयारी थाल्नुस्ः अर्थमन्त्री


काठमाडौं । सरकारले हरित हाइड्रोजन प्लान्ट स्थापना गर्न अध्ययन अघि बढाउने भएको छ । अर्थ मन्त्रालयले १ सय मेगावाट विद्युत खपत हुने हरित हाइड्रोजन प्लान्ट स्थापनाका लागि अध्ययन अघि बढाउन लागेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले सोमबार नेपालमा हरित हाइड्रोजनको सम्भाव्यताका सम्बन्धमा काठमाडौं विश्व विद्यालय (केयु) को ग्रीन हाइड्रोजन ल्यावका पदाधिकारीसँग भएको छलफलका क्रममा प्लान्ट स्थापना गर्न अध्ययन गरिने बताएका हुन् । उनले सुरुवातमा १ सय मेगावाट विद्युत खपत गर्ने हरित हाइड्रोजन प्लान्ट स्थापनाका लागि गृहकार्य अघि बढाइने बताए ।

‘विकसित देशहरू धमाधम हरित हाइड्रोजन इन्धन उत्पादनमा केन्द्रित हुन थालिसकेका छन्,’ उनले भने, ‘हामीले पनि तत्कालका लागि १ सय मेगावाटको हरित हाइड्रोजन प्लान्ट स्थापनाका लागि केयुले अध्ययन एवं प्रविधिक सहयोग गर्नुपर्छ । तपाईंहरू तयारी थाल्नुहोस् ।’ उनले हरित हाइड्रोजन प्लान्ट स्थापनाका लागि मन्त्रालयले पनि तयारी गर्ने बताए ।

उनले तत्काल गृहकार्य थालेर अर्को साताभित्र केयुका पदाधिकारीसँग फेरि छलफलमा बस्न सकिने बताए । शर्माले लगानीबोर्ड मार्फत हरित हाइड्रोजन उत्पादनका लागि लगानीकर्ताको खोजी गरिने बताए ।

‘नेपालमा रसायनिक मल उद्योग खोल्न विभिन्न देशका अन्तर्राष्ट्रिय कम्पनीहरूले इच्छा देखाइरहेका छन् । हरित हाइड्रोजन इन्धनबाट मल उद्योग सञ्चालन गर्ने विषयमा मन्त्रालयले पनि छलफल अगाडि बढाउँछ’ उनले भने ।

छलफल कार्यक्रममा केयुको ग्रीन हाइड्रोइजन ल्यावका प्रमुख विराजसिंह थापाले अहिलेबाट काम सुरु गर्ने हो भने १ सय मेगावाटको ग्रीन हाइड्रोजन प्लान्ट डेढ वर्षभित्र तयार गर्न सकिने प्रस्तावअन्तर्राष्ट्रिय कम्पनीहरूले गरिरहेको बताए । उनले विभिन्न देशले पेट्रोलियम इन्धनको विकल्पमा हाइड्रोजन इन्धनको उपयोग गर्न थालिसकेकाले नेपालमा पनि यसको सम्भावना रहेको बताए ।

‘विश्वका धेरै देशहरू हरित हाइड्रोजन इनधनको विकल्पमा गइसकेका छन् । हामी पनि जलविद्युत उत्पादनमा आत्मनिर्भर बन्दै गइरहेकाले यसको विकल्पमा जान सकिन्छ’ थापाले भने । उनले हरित हाइड्रोजनको व्यवसायिक उत्पादनका लागि सरकारले नीति ल्याउनु पर्नेमा जोड दिए ।
उनका अनुसार १ किलो हाइड्रोजन इन्धन उत्पादन गर्न ९ किलो शुद्ध पानी आवश्यक पर्दछ । यो पानीलाई इलेक्ट्रोलाइसेस प्रक्रियाबाट टुक्राएर हाइड्रोजन र अक्सिजनमा परिणत गरिन्छ । यसरी पानीबाट टुक्रिएको हाइड्रोजनलाई इन्धनकोरूपमा उपयोग गर्न सकिन्छ ।

पानीलाई इलेक्ट्रोलाइसेस प्रक्रियाबाट टुक्राउँदा नेपालमा जलविद्युतको उपयोग गर्न सकिने हुँदा यसलाई हरित हाइड्रोजन भनिएको हो । विश्वको तुलनामा नेपालमा हरित हाइड्रोजन इन्धन उत्पादन गर्न धेरै सस्तो भएको थापाले बताए ।

‘हिमालयन देशको शुद्ध पानी हाइड्रोजन उत्पादनका लागि उपयुक्त हुने विभिन्न अध्ययनले देखाएको छ’, उनले भने, ‘नेपालको हिमाली तथा पहाडी क्षेत्रको पानी प्रयोग गरेर हाइड्रोजन उत्पादन गगेर स्वदेशमा उपयोग गर्नुका साथै विदेशमा निर्यातमा जान सकेमा देशको अर्थतन्त्र बलियो बन्ने छ ।’

नेपाल विद्युत प्राधिकरणले विद्युत महसुलमा सहुलियत दिई रातको समयको सस्तो विद्युतको उपयोग गर्न सकिएमा हरित हाइड्रोजन उत्पादन सस्तो र नाफामुखी हुने केयुले गरेको अध्ययनले देखाएको छ । पेट्रोलियम आयात आर्थिक संकट झेल्नु परिरहेको अवस्थामा सरकारले पनि हरित हाइड्रोजनको विकासलाई महत्त्व दिएको छ । आगामी आर्थिक वर्षको बजेटमा पनि हरित हाइड्रोजन उत्पादनलाई प्रोत्साहन गर्ने घोषणा गरिएको छ ।


Read Previous

सूचना प्रविधि पार्क निजी क्षेत्रको सहभागितामा बनाउन परिसंघको सरकारलाई आग्रह

Read Next

स्विट्जरल्याण्डका राजदूतलाई ऊर्जामा सहकार्य गर्न आह्वान

Leave a Reply

Your email address will not be published.