
काठमाडौ । सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ सुरु गरेको छ । आज काभ्रेपलाञ्चोकको बनेपा अवस्थित सुरक्षण मुद्रण केन्द्रमा सञ्चारमन्त्री जगदीश खरेलले सो कामको शुभारम्भ गरेका हुन् ।

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको सो सुरक्षण मुद्रण केन्द्रलाई पूर्ण रूपमा चलायमान बनाइने मन्त्री खरेलले जानकारी दिए।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।












