Nepal Purbadhar

ओखलढुङ्गामा ६ मेगावाटको तल्लो लिखु क्यास्केड जलविद्युत आयोजना बन्दै, तीन वर्षभित्रमा उत्पादन सुरु गर्ने


काठमाडौं । कोशी प्रदेशको ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकामा ६ मेगावाटको तल्लो लिखु क्यास्केड जलविद्युत आयोजना बन्ने भएको छ ।

विद्युत विकास विभागले उक्त प्रस्तावित जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थलमा पर्ने असरबारे जानकारी तथा प्रतिक्रिया दिनका लागि ३५ दिने सूचना निकालेको हो ।

यो आयोजना श्रेत-गंगा हाईड्रोपावर एण्ड कन्स्टक्सन लिमिटेडले बनाउन लागेको हो । आयोजनाको डिजाइन वहाव २९.७५ घनमिटर प्रति सेकेण्ड तथा कुल हेड २५.६५ मि. तथा जडित क्षमता ६ मेगावाट हुनेछ ।

आयोजनाबाट वार्षिक सरदर ३५.९३ गिगावाट घण्टा विद्युतीय उर्जा उत्पादन हुने बताइएको छ ।

आयोजनाको प्रस्तावित मुख्य भौतिक संरचनाहरु ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ४ स्थित लिखु नदीको बायाँ किनारमा रहनेछ भने आयोजनाको लागि आवश्यक पानी लिनको लागि तल्लो लिखु जलविद्युत आयोजनाको निकास नहरभन्दा तल १४.८९ मि. लम्बाई, ४ मि. चौडाई र ८.८५ मि. उचाई भएको हेडपण्ड निर्माण गरिनेछ ।

आयोजनाबाट उत्पादित उर्जालाई आयोजनाको स्वीचयार्ड देखि करिब १.५ कि. मि. लम्बाइको १३२ के.भी. क्षमताको सिङ्गल सर्किट प्रसारण लाइनमार्फत तल्लो लिखु जलविद्युत आयोजना (२८.१ मे. वा.) को स्वीचर्याडमा जोडिनेछ । त्यहाँबाट तल्लो लिखु जलविद्युत आयोजना (२८.१ मे. वा.) र तल्लो लिखु क्यास्केड जलविद्युत आयोजना (६ मे. वा.) बाट उत्पादित संयुक्त उर्जालाई हाल विद्यमान २२.५ कि.मि. लम्बाईको १३२ के.भी. प्रसारण लाईनमार्फत नेपाल विद्युत प्राधिकरणको न्यू खिम्ती सबस्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा ल्याइने छ ।
आयोजनाबाट ०५ मार्च २०२८ बाट व्यवसायिक रूपमा विद्युत उत्पादन हुने प्रस्ताव गरिएको छ ।

Facebook Comments

Read Previous

पुराना जिन्सबाट बनेको नयाँ कथा ‘रि-कृति’

Read Next

प्राधिकरणले निजगढदेखि पोखरियासम्म ४०० केभीको प्रसारणलाइन बनाउँदै

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar