Nepal Purbadhar

बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

आइपीओ निष्कासन रोकिँदा ३० भन्दा  बढी जलविद्युत आयोजना समस्यामा परे : अध्यक्ष कार्की


काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी जलविद्युत आयोजनाका प्रवर्द्धक कम्पनीकाे साधारण सेयर (आईपीओ) निष्कासनकाे प्रक्रिया नेपाल धिताेपत्र बाेर्ड (सेवन) मा पुगेर रोकिएको बताएका छन् । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र उपायले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।

उनले सरकारले सेयर निष्कासनमार्फत जलविद्युतमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जाेड दिए । ‘विगत १४ महिनादेखि ३० भन्दा बढी जलविद्युत आयोजनाका प्रवर्द्धक कम्पनीकाे साधारण सेयर निष्कासनकाे स्वीकृतिका लागि सेवनमा आवेदन दिइएकाेमा प्रक्रिया त्यहीं अड्किएर बसेकाे छ । आयोजनामा ३० प्रतिशत लगानी आईपीओबाट संकलन गर्ने योजना बनाएकाे हुँदा स्वीकृती नपाउँदा आईपीओ निष्कासन गर्न सकिएन । जसले गर्दा निर्माणाधीन आयाेजना स्वपुँजी लगानी गरेर पनि अगाडि लैजान सकिएको छैन,’उनले भने ।

उनले जलविद्युत आयोजनामा कूल स्वपुँजी लगानीकाे ३० प्रतिशत आईपीओबाट संकलन गर्ने योजना बनाए पनि अनुमपति नपाउँदा प्रक्रिया राेकिन गइ निर्माणाधीन आयोजनाहरू समस्यामा परेको बताए ।

अध्यक्ष कार्कीले १ हजारबाट अहिले ५ हजार लगानी गर्नसक्ने वातावरण बनेको बताउँदै पुँजी बजारमा करिव ४५ लाख बढी सर्वसाधारण नागरिकले जलविद्युतको सेयरमा लगानी गरेको बताए । उनले स्थायी सरकार बनेकाले अब केही काम हुने आशा व्यवसायीहरुमा पलाएको पनि बताए ।

जलविद्युत क्षेत्रको विकास गर्न व्यवसायीहरु उत्साहित भएपनि पछिल्लो समय धेरै समस्याहरु आइरहेको पनि कार्कीले बताए । उनले संसदीय सिमितिमा छलफलमा रहेकाे विद्युत विधेयक जस्ताको त्यस्तै पास भए व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आउने  बताउँदै विधेयकले जलविद्युत विकास गर्ने तरऽ नेपालका निजी क्षेत्रको लगानी निरुत्साहित गर्ने बताए ।


Read Previous

सरकारले जलविद्युतमा विदेशी लगानी ल्याउन वातावरण बनाउँछ: अर्थमन्त्री पौडेल

Read Next

आठ वर्षमा विद्युत् खपत तीन गुणाले बढ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *