Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

बिर्तामोड-शनिश्चरे सडक कालोपत्र हुँदा स्थानीयवासी खुसी   


बनियानी (झापा) । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको ६ किलोमिटर सडकमा करिब साढे १५ करोड रुपैयाँ लगातमा कालोपत्र गर्ने काम थालिएकोे छ । पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिए ।

“बहुवर्षे योजनाअनुसार सडक निर्माण भइरहेको छ”, उनले भने, “मौसमले साथ दियो भने तीन–चार दिनभित्र काम सकिन्छ ।” बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब ५ सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ । कालोपत्रको मोटाइ ४० सेन्टीमिटर रहने उनले बताए ।

सडक निर्माणमा ढिलाइ भएको जनाउँदै ३ महिनाअघिदेखि स्थानीयवासीले सडक अवरुद्ध गर्दै आएका थिए । सडक निर्माण सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् ।

‘सञ्चालन निर्वाचन रणनीतिक सडक’ शीर्षकअन्तर्गत सडक कालोपत्रसुरु भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङले जानकारी दिए । “सडक कालोपत्र नहुँदा स्थानीयलाई निक्कै समस्या भएको थियो”, उनले भने, “सरोकारवाला सबैको संयुक्त पहलकदमीबाट कालोपत्र सुरु भएको हो ।”

सडक कालोपत्रका लागि  २५ करोड रुपैयाँमा कबोल अङ्क तोकेर बोलपत्र आह्वान गरिएको पनि निर्माण कम्पनीले १५ कराेड ५० लाख रुपैयाँमा ठेक्का लिएको छ ।


Read Previous

खार्पुदोभान र दोजाम कर्णाली नदीमा पुल नबन्दा सिमकाेट राष्ट्रिय सडक सञ्जालसँग जाेडिन सकेन

Read Next

२५ लाख रुपैयाँ लागतमा मर्चवारमा बहुउद्देशीय सडक निर्माण   

Leave a Reply

Your email address will not be published. Required fields are marked *