Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा


तनहुँ ।  ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाटकाे तनहुँ जलाशय जलविद्युत् आयोजनाको ५५ प्रतिशत निर्माण पूरा भएकाे छ ।निर्माणाधीन आयोजनाकाे आधाभन्दा बढी निर्माण पूरा भएकाे हाे ।अहिले ३ वटै प्याकेज (चरण) का कार्यलाई तीव्रता दिइएकाे आयाेजनाले जनाएकाे छ । प्याकेज–१ मा ३५ प्रतिशत निर्माण सम्पन्न भएकाे छ ।

यस्तै, प्याकेज–२ मा ५५ प्रतिशत र प्याकेज–३  अन्तर्गत ७३ प्रतिशत कार्य प्रगति भइसकेको आयोजनाकाे प्रवर्द्धक तनहुँ हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले बताए । उनका अनुसार प्याकेज–१ र २ मा निर्माण धमाधम भइरहेको  छ । प्याकेज–३ मा प्रसारण लाइनका लागि रुख कटानकाे काम अगाडि बढ्न नसक्दा  निर्माण प्रभावित भएको उनले बताए ।

तनहुँको तुलनामा चितवन खण्डमा सालका ठूला रुख कटान गर्नुपर्ने र केन्द्रीयस्तरबाट रुख कटानको आदेश नभएसम्म काम अघि बढाउन नसक्ने उनले बताए । तनहुँ आयाेजनाकाे विद्युत प्रवाह हुने २२० केभी दमौली-भरतपुर डबल सर्किट ३४.७ किलोमिटर प्रसारण लाइनको काम अगाडि बढाइएको थियो

प्रसारण लाइनकाे रुटमा पर्ने कूल ९४ वटा टावरमध्ये ७६ वटा टावरको फाउण्डेसन कार्य सम्पन्न भएको छ । ५६ वटा टावर पनि बनाइसकिएको छ । याे प्रसारण लाइन निर्माणका लागि केइसी इन्टरनेशनल लिमिटेड भारतले ठेक्का सम्झौता गरी काम सुरु गरेको थियो । निर्माण सम्पन्न गर्ने सम्झौता अवधिसमेत समाप्त भइसकेको सो आयोजनाले जनाएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । जसमा एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार,नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।


Read Previous

विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो   

Read Next

ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु   

Leave a Reply

Your email address will not be published. Required fields are marked *