Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पश्मिना निर्यात निर्देशिका सार्वजनिक, साना र मझौला उद्यमीकाे व्यापार सहज हुने


काठमाडौं : प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङग्रा पश्मिना निर्यात गर्न साना व्यवसायीहरूलाई सहजीकरण गर्ने उद्देश्यले तयार भएको पश्मिना निर्यात सहजीकरण गाइड (निर्देशिका) सार्वजनिक गरिएकाे छ । युरोपेली आयोगको अन्तर्राष्ट्रिय साझेदारीका लागि महानिर्देशनालय (आईएनटीपीए) की उपमहानिर्देशक मिरियम फेरान, उद्योग,  नेपालका लागि युरोपियन युनियनकी महामहिम राजदुत भेरोनिक लोरेन्जो, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारी तथा नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धन प्रसाद लामिछानेले  ललितपुर स्थित नेपाल पश्मिना फाइबर प्रशोधन सुविधामा मंगलबार आयोजित कार्यक्रमा संयुक्त रूपमा  निर्देशिका सार्वजनिक गरेका हुन् ।

उक्त अवसरमा उपमहानिर्देशक फेरान, महामहिम राजदुत लोरेन्जो तथा सहसचिव अधिकारीले  ईयू–नेपाल व्यापार तथा लगानी कार्यक्रमको प्राविधिक सहयोगमा संचालनमा रहेको नेपाल फाइबर प्रशोधन सुविधाको संयुक्त रुपमा शुभारम्भ पनि गरे । उक्त सुविधाले च्याङग्रा किसानबाट संकलन गरिएको फाइबर प्रशोधन गरि पश्मिना उत्पादकहरूलाई आपूर्ति गर्दै आएको छ ।

पश्मिना मूल्य श्रृङ्खलालाई सुदृढ गर्न युरोपेली संघको बृहत् सहयोगको एक हिस्साको रूपमा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इयु- नेपाल व्यापार तथा लगानी कार्यक्रमको प्राविधिक सहयोगमा गाइड तयार गरेको हो।जापान, युरोपेली संघ, संयुक्त राज्य अमेरिका र बेलायत जस्ता प्रमुख अन्तर्राष्ट्रिय बजारहरूको लागि विशेष रूपमा तयार पारिएको यो गाइडले नेपालको पश्मिना निर्यात प्रयासलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास गरिएको छ।

गाइडले फर्म दर्ता, इजाजतपत्र, निर्देशन, भन्सार, ढुवानी, र रसद प्रक्रियाहरू समावेश गर्दै चरण–चरणगत प्रक्रियाहरू रूपरेखा दिन्छ। यसबाहेक, यसले गन्तव्य देशहरूद्वारा निर्धारण गरिएका आयात आवश्यकताहरूबारे पर्याप्त जानकारी गराउनुका साथै भन्सार दरहरू, गुणस्तर मापदण्डहरू, ढुवानी लागत, समय सीमा, लगायतका व्यापारसँग सम्बन्धित अन्य महत्त्वपूर्ण जानकारीहरू दिनेछ  ।

नेपालका साना र मझौला उद्यमहरू (एसएमई) मा अन्तर्राष्ट्रिय बजार र व्यापार सम्बन्धी जानकारीको कमी भइरहेको बेला यस गाइडले उनीहरूलाई निर्यात-सम्बन्धी औपचारिकता र प्रक्रियाहरूकाबारेमा जानकारी प्रदान गर्न महत्त्वपूर्ण उपकरणको रूपमा काम गर्दछ।निर्यात सम्बन्धी पर्याप्त जानकारीले नेपाली व्यवसायीहरूलाई विश्वव्यापी मञ्चमा थप प्रतिस्पर्धी बनाउन सहयोग पुग्नेछ।

नेपालको हिमालयन च्याङग्रा पश्मिनाले आफ्नो अद्वितीय गुणस्तर र सांस्कृतिक महत्त्वका कारण अन्तर्राष्ट्रिय बजारमा विशिष्ट स्थान ओगटेको छ । ‘नेपाल व्यापार एकीकरण रणनीति २०२३’ ले च्याङग्रा पश्मिनालाई निर्यातको उच्च प्राथमिकतामा राखेको छ । त्यसैगरी ‘पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति २०२२-२०२६’ ले सन् २०२६ सम्ममा पश्मिना निर्यातको आकार ७ करोड ५० लाख अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ ।

उक्त अवसरमा सहसचिव अधिकारीले नेपालको हिमालयन च्याङग्रा पश्मिनाले आफ्नो अद्वितीय गुणस्तर र सांस्कृतिक महत्वका कारण अन्तर्राष्ट्रिय बजारमा विशिष्ट स्थान ओगटेको उल्लेख गर्दै नेपाल सरकारले पश्मिनालाई उच्च प्राथमिकताको निर्यातयोग्य वस्तुको रूपमा लिएको बताए । उक्त गाइड नेपाली पश्मिना निर्यातका लागि महत्वपूर्ण गन्तव्य बजारहरूको विस्तृत जानकारीको उपयोगी रहेको बताउँदै यसको उपयोग गरी निर्यात बढाउन व्यवसायीहरूलाई आग्रह गरे ।

उपमहानिर्देशक मिरियम फेरानले नेपालको विकास यात्रामा लामो समयदेखिको साझेदारको रूपमा युरोपेली संघले व्यापार र लगानीका माध्यमबाट नेपालको समृद्धिमा बढावा दिदै आएको र यस किसिमको सहयोग आगामी दिनमा पनि जारी रहने बताउँदै गाइडले नेपाली निर्यातकर्ताहरूलाई अन्तर्राष्ट्रिय बजारबारे  महत्वपूर्ण जानकारी प्राप्त हुने र यसको सदुपयोगबाट व्यवसायीले लाभ लिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा भिडियो सन्देश दिंदै अन्तर्राष्ट्रिय व्यापार केन्द्रका डिभिजन अफ कन्ट्री प्रोग्राम निर्देशक आशिष शाहले यस गाइड नेपाली निर्यातकर्ताहरू विशेष गरी साना र मझौला उद्यमहरू (एसएमईहरू) ले निर्यात प्रक्रिया र गन्तव्य बजारका लागि आवश्यक गुणस्तर मापदण्डहरूबारे यस गाइडबाट महत्त्वपुर्ण जानकारी पाउने बताए । साथै, शाहले निर्यातकर्ताहरूको लागि अन्तर्राष्ट्रिय बजारको अवस्थाबारे गाइडबाट ज्ञान प्राप्त हुने भएकोले यसको भरपुर उपयोग गरी प्रतिस्पर्धात्मक क्षमता बढाउन आग्रह गरे ।

नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले पश्मिना उद्यमीहरूका लागि तयार पारिएको यो गाईड तयार गर्न  इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमले सहयोग गरेकोमा आभार व्यक्त गर्दै महत्वपूर्ण अन्तर्राष्ट्रिय बजारमा नेपाली पश्मिनाको निर्यातलाई प्रवर्द्धन  गर्न सहयोगी हुने विश्वास व्यक्त गरे ।


Read Previous

सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने   

Read Next

सिँचाइका लागि जडान गरिएका ८ वटा ‘डिपट्युवेल’ का ‘ट्रान्सफर्मर’ चोरी   

Leave a Reply

Your email address will not be published. Required fields are marked *