Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

सुनकोसी मरिन परियाेजनाकाे सुरुङ खन्न ५१० मिटर बाँकी,बैशाख २६ मा ब्रेक थ्रुकाे तयारी   


काठमाडौं । तराईका जिल्लामा १२ महिना सिँचाइ सुविधा पुर्याउने तथा विद्युत उद्पादन गर्ने उद्देश्यले निर्माणाधीन सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य परियाेजनाकाे सुरुङ खन्न अब ५१० मिटर मात्रै बाँकी छ । अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) बाट निर्माण भइरहेकाे  परियाेजनाकाे १३.३ किलाेमिटर सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेकाे हाे ।

आगामी बैशाख २६ गते सुरुङ  ‘ब्रेक थ्रु’ गर्ने तयारी भइरहेकाे  परियाेजना प्रमुख मित्र बरालले बताए । “परियाेजनाकाे सुरुङ खन्ने कार्य सकिन लागेकाे छ,” उनले भने,“कुनै प्रकारकाे समस्या देखिएन भने बैशाख २६ गते विशेष कार्यक्रम गरेर परियाेजनाकाे सुरुङ ब्रेक थ्रु गर्ने तयारी गरिरहेका छाैं ।”

उनले अहिलेसम्ममा १२.७९० किलोमिटर लामाे परियाेजनाकाे सुरुङ खन्ने कार्य सम्पन्न भएकाे बताए । भेरी बबई डाइभर्सन परियाेजनापछि  सुनकोसी मरिनमा  टिबिएमबाट सुरुङ खन्ने कार्य भइरहेकाे छ ।

टिबिएमकाे प्रयोगले लक्ष्यभन्दा तीव्र गतिमा  सुरुङ निर्माण गर्न सकिएकाे छ । यसले अन्य परियाेजनामा पनि टिबिएम प्रयाेग गर्नका लागि सकारात्मक वातावरण बन्दै गएकाे देखिन्छ ।

परियाेजना प्रमुख बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको परियाेजनाकाे सुरुङ सम्पन्न हुँदा १३.३ किलाेमिटरकाे संरचना तयार हुनेछ ।

परियाेजना सम्पन्न हुँदा सुनकोसी नदीको पानी मरिन खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईकाे १ लाख २२ हजार हेक्टर खेतीयाेग्य भूमिमा सिँचाइ सुविधा पुर्याउन सकिनेछ ।

परियाेजनाकाे सुरुङ पूरा हुने चरणमा पुगे पनि अन्य संरचनाकाे काम भने अहिलेसम्म सुरु हुन सकेकाे छैन । बाँध तथा विद्युतगृह निर्माणकाे ठेक्का पाएकाे निर्माण कम्पनीले अहिलेसम्म काममा गति दिन सकेकाे छैन ।

निर्माण व्यवसायीले काम गरिरहेको भए पनि बाँध निर्माणमा अपेक्षित प्रगति भएको छैन । विद्युतगृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ । सुनकोसी मरिन डाइभर्सन परियाेजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुने देखिएकाे छ ।

हाल सञ्चालनमा रहेको राजमार्गलाई ९ ०० मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इञ्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ । आगामी बैशाखसम्म बाँध निर्माणलाई एउटा स्तरमा पुर्याउने लक्ष्य राखिएको छ । बैशाखपछि नदीमा जलसतह बढ्ने भएकाले काम गर्न समस्या हुनेछ ।

यस्तै, विद्युतगृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ । याे परियाेजनाबाट बाग्मती सिँचाइ परियाेजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर खेतियाेग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

राष्ट्रिय गौरवकाे परियाेजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जामन्त्रीको प्रतिबद्धता भएकाले आफूहरुलाई काम गर्न सहज भएको आयोजना प्रमुख बरालको टिप्पणी छ ।  यसअघि सुरुङ निर्माणमा भौगर्भिकरुपमा रहेको जटिलताका कारण ३ पटक समस्या देखिएको थियो । सुनकोसी गाउँपालिका–७ कानढुङ्ग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीलाई मरन खोलामा पथान्तरण गरिनेछ ।

सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिन खोलामा खसालिनेछ ।  त्यस्तै, याे परियाेजनाबाट  ३१ मेगावाट विद्युत उत्पादन हुनेछ ।

परियाेजनाकाे सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । बाँध र विद्युतगृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।


Read Previous

नारायणगढ-मुग्लिन सडकमा बनेका ११ पुल सञ्चालनमा   

Read Next

दैलेखकाे महाबु गाउँपालिकाका ३ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

Leave a Reply

Your email address will not be published.