Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

सुदूरपश्चिमका ५ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गरिँदै   


कैलाली । सुदूरपश्चिमका ५ पर्यटकीय स्थलमा भौतिक पूर्वाधार निर्माणको काम अघि बढाइएको छ । प्रदेशमा पहिचान गरिएका ४७ पर्यटकीय स्थलमध्ये खप्तड, बडीमालिका, अपि हिमाल, गोदावरी धाम र शिवपुरी धाम गरी ५ वटालाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणको काम अघि बढाइएको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका अनुसार चालू आर्थक वर्ष २०८०/८१ मा पहिचान गरिएका ४७ पर्यटकीय स्थलमध्ये ५ पर्यटकीय स्थललाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरी पूर्वाधार निर्माणको काम अघि बढाइएको छ ।

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका निमित्त प्रमुख डबलबहादुर बोहराका अनुसार खप्तडमा बीचपानी–त्रिवेणीधामसम्म ४.५ किमी पदमार्गलगायत अन्य संरचना निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा बोलपत्र आह्वान भई कार्यान्वयनको चरणमा गएको छ ।

यसैगरी, बाजुराको बडीमालिकामा पदमार्गसहित मन्दिर परिसरमा रेलिङ निर्माणका लागि ६० लाख रुपैयाँ, दार्चुलाको अपिमा पर्यटकीय भवन निर्माणका लागि ४० लाख रुपैयाँ, कैलालीको गोदावरीधाममा रामजानकी मन्दिर निर्माणका लागि ३० लाख रुपैयाँ र शिवपुरीधाममा ट्रेस निर्माणका लागि ३० लाख  रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि चालू आर्थिक वर्षमा जम्मा ६ करोड बजेट विनियोजन गरिएको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले जनाएको छ । सुदूरपश्चिममा पर्यटन प्रवर्द्धनका लागि विनियोजन गरिएको बजेट न्यून रहेको जनाइएको छ ।

यस प्रदेशमा पहिचान गरिएका ४७ पर्यटकीयस्थलको पर्यटन प्रवर्द्धन गर्न पर्याप्त बजेट विनियोजन गरिनुपर्ने पर्यटन व्यवसायी थर्कबहादुर शाहको भनाइ छ । पहिचान गरिएका पर्यटकीयस्थलबारे आवश्यक जानकारी दिनका लागि पर्यटकीय सूचना केन्द्र स्थापना हुन सकेको छैन ।

सूचना केन्द्र अभावमा सुदूपश्चिम आउने पर्यटक अलमलमा परी फर्केर जाने गरेको शाहको भनाइ छ । कैलालीको त्रिनगर भन्सारमा पर्यटकीय सूचना केन्द्र स्थापना गरिएको छ । सो केन्द्रका लागि चालु आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन गरिएको जनाइएको छ ।

यस्तै, कञ्चनपुरको गड्डाचौकीमा स्थापना गरिएको पर्यटकीय सूचना केन्द्र निष्क्रिय रहेको र चिसापानीमा स्थापना गरिएको सूचना केन्द्र सञ्चालनमा आउन नसकेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका निमित्त प्रमुख बोहराले बताए । सुदूरपश्चिममा पर्यटकीय गन्तव्य प्रशस्त रहे पनि सडक यातायात, बाटो, बिजुली, खानेपानी, बस्ने व्यवस्थाको अभाव रहेको जनाइएको छ ।


Read Previous

लुम्बिनी क्षेत्रमा सुविधासम्पन्न होटलकाे लगानी ६० अर्ब पुग्याे

Read Next

पक्की सडक बन्ने भएपछि नेपालगञ्जवासी हर्षित   

Leave a Reply

Your email address will not be published.