Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

बाणिज्य बैंकहरूले फागुन महिनाका लागि पनि घटाए निक्षेपको ब्याजदर


काठमाडौं । बाणिज्य बैंकहरूले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि फागुन महिनाका लागि पनि ब्याजदर घटाएका छन् । अधिकांश बाणिज्य बैंकहरूले अधिक तरलता हुँदा समेत कर्जाको माग तत्काल बढ्ने अवस्था नदेखेपछि निक्षेपको ब्याजदर घटाएर समायोजन गरेका हुन् ।

बाणिज्य बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशतले घटाइएकाे छ । यसपटक एभरेष्ट, लक्ष्मी सनराइज , माछापुच्छ्रे र हिमालयन बैंकबाहेक १६ वटा बैंकले ब्याजदर घटाएर समायाेजन गरेका छन् । यी ४ वटा बैंकले भने माघ महिनाकाे ब्याजदरलाइ नै निरन्तरता दिएका छन् ।

सिटिजन्स बैंकको ब्याजदर १.१ प्रतिशत घटेको छ । माघ महिनामा ९.१५ प्रतिशत रहेको ब्याजदर फागुन महिनाका लागि ८.२५ प्रतिशत कायम गरिएको छ ।

कृषि विकास बैंकले ७.२६ प्रतिशत रहेको ब्याजदर घटाएर ६.४४३ प्रतिशतमा झारेको छ । यो सबै बाणिज्य बैंक मध्ये निक्षेपकर्तालाई दिइएको सबैभन्दा कम ब्याजदर हो ।

नेपाल बैंक लिमिटेडले माघ महिनामा ८ प्रतिशत रहेको ब्याजदर घटाएर ७.२५ प्रतिशतमा ल्याएको छ । लक्ष्मी सनराइज र माछापुच्छ्रे माघ महिनाकै ८ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

यस्तै, एनआइसी एसियाले ८.०६५ बाट ८ प्रतिशत, प्रभुले ८.०६५ प्रतिशतबाट ७.५, स्टान्डर्ड चार्टडले ८.०७ प्रतिशतबाट ७.३५ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंकले ८.०७बाट ७.३५ प्रतिशत, नबिलले ८.१ बाट ७.७५ प्रतिशत, ग्लोबल आइएमईले ८.१ बाट ७.६ प्रतिशत र सिद्धार्थले ८.१ बाट ८ प्रतिशतमा ब्याजदर झारेका छन् ।

यसैगरी, प्राइम कमर्सियलले ८.१ बाट ७.४ प्रतिशत, कुमारीले ८.११ बाट ८.०१  प्रतिशत, सानिमाले ८.१५ बाट ७.५१ प्रतिशत ब्याजदर घटाउँदा हिमालयनले  ८.१५ प्रतिशत रहेकाे ब्याजदर फागुन महिनाका लागि पनि यथावत राखेकाे छ । एभरेष्ट बैंकले पनि माघ महिनामा ८ प्रतिशत रहेकाे ब्याजदरलाइ नै फागुन महिनाका लागि पनि निरन्तरता दिएकाे छ ।

यस्तै, नेपाल एसबिआइले ८.२५ बाट ८.१ प्रतिशत, नेपाल इनभेष्टमेन्टले ८.६ बाट ८ प्रतिशत, एनएमबीले ९ बाट ८.५ प्रतिशतमा घटाएर ब्याजदर समायोजन गरेका छन् ।

नेपाल राष्ट्र बैंकले व्यक्तिगत मुद्दती खाताको निक्षेपको ब्याजदरको अधिकतम सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत भन्दा बढी नहुने व्यवस्था गरेको छ । यही नियम अनुसार नै बचत र कल निक्षेपको ब्याजदर पनि समायोज हुने गर्दछ ।


Read Previous

क्यान इन्फोटेक मेलामा प्रविधिप्रेमीकाे घुँइचाे, सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड

Read Next

दमक नगरपालिकाले विद्युत प्राधिकरणसँग पोल र ट्रान्सफर्मर राखेको जग्गाको भाडा असुल्ने

Leave a Reply

Your email address will not be published.