Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

बूढीगण्डकी अर्धजलाशय आयोजना अब साहस ऊर्जाले बनाउने,अर्को वर्ष निर्माण थाल्ने तयारी


काठमाडौं । सोलुखुम्बुमा स्वदेशी पुँजीबाट ८६ मेगावाटको सोलु खोला (दूधकोसी) जलविद्युत आयोजना सफल निर्माण गरी सञ्चालनमा ल्याएको साहस ऊर्जा कम्पनीले ३४१ मेगावाटको बूढीगण्डकी अर्धजलाशय आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले बूढीगण्डकी नदी बेसिनमा पहिचान भएको अर्धजलाशय प्रकृतिको यो आयोजना निर्माण गर्न लागेको हो ।

पहिले श्री टाइम्स इनर्जी प्रालिले निर्माण गर्ने भनिएको अर्धजलाशय आयोजना साहस ऊर्जा कम्पनीमार्फत अगाडि बढाउने तय भएको हो । याे कम्पनीले सन् २०११ मा अनुमतिपत्र लिई आयोजनाको निर्माण सुरु गरेको थियो । आयोजना निर्माणमा लैजाने चरणमा साहस ऊर्जा कम्पनी जाेडिन पुगेकाे हाे ।

अध्ययन पूरा भई निर्माणमा जाने तयारीमा रहेको आयोजनासँग जोडिएर काम अगाडि बढाउन लागेको कम्पनीका अध्यक्ष हिमप्रसाद पाठकले बताए । उनले आयोजना आगामी वर्षदेखि निर्माणमा लैजाने गरी पूर्व तयारीका कामहरू अहिले गरिरहेको बताए । पाठकका अनुसार यो आयोजना पनि स्वदेशी पुँजी परिचालन गरी निर्माण गर्ने कम्पनीको योजना छ ।

एक साता अघिमात्रै आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र जारी भएको पाठकले जानकारी दिए । ‘सोलुखोलाको सफल निर्माणपछि नै त्यो भन्दा ठूलो आयोजनामा लगानी गर्ने सोचमा हामी थियौं,’ उनले भने,‘यसै क्रममा बूढीगण्डकी अर्धजलाशयमा लगानी गर्ने अवसर मिल्यो । यो आयोजना पनि स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण र स्वपुँजी लगानीबाट अर्धजलाशय आयोजना अगाडि बनाउने कार्यमा लागेका छौं ।’

उनले आयोजनाले नेपाल विद्युत प्राधिकरणकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गर्न पालो कुरिरहेको बताए । पिपिए हुनासाथ वित्तीय लगानी व्यवस्थापन गरी चाँडोभन्दा चाँडो आयोजनाको निर्माण प्रक्रिया सुरु गरिने उनले बताए ।

आयोजना निर्माण सुरु गरेको ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । २०८५ साल चैतभित्र आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने तालिका छ ।

आयोजना निर्माण सम्पन्न गर्न ६५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा हुने कूल लगानीको ७५ प्रतिशत स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाइने र २५ प्रतिशत स्वपुँजी लगानी रहने पाठकले जानकारी दिए ।

गोरखाको धार्चे गाउँपालिकाको वडा नम्बर–१ र ३ तथा चुमनुब्री गाउँपालिकाको वडा नम्बर–३ मा आयोजनाको मुख्य संरचना निर्माण गरिनेछ । आयोजनाको कूल हेड ३९८ मिटर रहनेछ । आयोजनाको मुख्य संरचना बूढीगण्डकी नदीको दायाँ किनारमा निर्माण हुनेछन् ।

आयोजनाको सबै संरचना निर्माण गर्न ५६.२२ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ । आयोजनामा ५.८ किलोमिटर लामो मुख्य सुरुङ निर्माण गरिनेछ ।

यो आयोजना निर्माण सम्पन्न हुँदा सुख्खा याममा पनि दैनिक ५ घन्टासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । अध्ययन अनुसार आयोजनाले वार्षिक वार्षिक १८३७.१६ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सम्भव हुनेछ । आयोजनाको विद्युतगृहमा ५७ मेगावाट क्षमताका ६ वटा उत्पादन युनिट रहने छन् ।

आयोजनाले उत्पादन गर्ने विद्युत विद्युतगृहदेखि ४५ किलोमिटर टाढा नेपाल विद्युत प्राधिकरणको प्रस्तावित रातमाटे सबस्टेसनमा लगेर जोडिनेछ ।


Read Previous

रेसुङ्गा विमानस्थलमा सातामा ४ उडान गर्ने तयारी 

Read Next

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

Leave a Reply

Your email address will not be published.