Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

भूमिगत विद्युतीकरण ६० प्रतिशत सम्पन्न


चितवन । भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा सुरु भएको भूमिगत विद्युतीकरण ६० प्रतिशत सम्पन्न भएको छ । भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण भइरहेको हो ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीका अनुसार पाइप बिच्छ्याउने काम ८० प्रतिशत सम्पन्न भएको छ । सडक छेउमा उपकरण राख्नका लागि फाउण्डेसनको काम ४० प्रतिशत र तार बिच्छ्याउने काम २५ प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए ।

उनका अनुसार भूमिगत विद्युतीकरणका लागि पाइप भूमिगत गर्ने एचजिडी मेसिन तीन वटाले काम गरिरहेका छन् । ठेकेदार कम्पनीले चार वटा समूहमा चार स्थानबाट काम गरिरहेको उनले बताए ।

भारतको टाटा प्रोजेक्ट लिमिटेडले विद्युतीकरणको काम गरिरहेको उनले जानकारी दिए । यो कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गरिरहेको छ । सुवेदीका अनुसार अमेरिकी डलरमा टेण्डर भएकाले रकम सामान्य तलमाथि हुने भए पनि ठेक्का रकम २ अर्ब ५० करोड रूपैयाँ हाराहारी हुन आउँछ ।

भरतपुर बाइपास सडकको पूरै र छ लेनको पुलचोकदेखि केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिने उनले जानकारी दिए । बसपार्कबाट गोन्द्राङ्सम्मको ३३ केभिएलाई मात्र पहिलो चरणका भूमिगत गरिने छ । सन् २०२४ को जनवरीसम्ममा काम सम्पन्न गर्ने गरी काम गरिएको भए पनि केही थप समय लाग्न सक्ने उनले बताए । ‘चालु आर्थिक वर्षको मसान्त सम्ममा विद्युतीकरण भूमिगत गर्ने काम सम्पन्न हुनेछ’ उलने भने ।

भरतपुरका ११ किलोमिटर क्षेत्रमा विद्युत भूमिगत गर्न लागिएको हो । एशियाली बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।


Read Previous

हुलाकी राजमार्ग निर्माणमा एसएसबीको अवरोध छः मन्त्री ज्वाला

Read Next

सिमेन्ट उद्योग बन्द हुँदा पाँच सय मजदुर बेरोजगार

Leave a Reply

Your email address will not be published.