Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा    सिँचाइका लागि जडान गरिएका ८ वटा ‘डिपट्युवेल’ का ‘ट्रान्सफर्मर’ चोरी    पश्मिना निर्यात निर्देशिका सार्वजनिक, साना र मझौला उद्यमीकाे व्यापार सहज हुने सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने   

सालझण्डी–ढोरपाटन सडक निर्माण द्रुत गतिमा


ढोरपाटन (बागलुङ) । लामो समयदेखि अलपत्र परेको सालझण्डी–ढोरपाटन सडक निर्माण द्रुत गतिमा अघि बढेको छ । तराई पहाड जोड्ने गरी निर्माण थालिएको यो सडकको बागलुङ खण्डको काम मङ्सिर लागेयता द्रुत गतिमा अघि बढेको हो ।

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको यो सडकको बागलुङ खण्डमा ‘ट्र्याक’ खुलेको आठ वर्ष बितिसकेको थियो । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनलाई जोड्न निर्माण भएको सडक अहिलेसम्म स्तरोन्नति हुन सकेको थिएन । सरकारले सडक स्तरोन्नतिका लागि गत वर्ष ६० करोड रूपैयाँ विनियोजन गरेको थियो ।

गत वर्ष बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–९ फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नतिको सम्झौता भएको थियो । सडक स्तरोन्नतिका लागि गत वर्ष कात्तिकमा स्वच्छन्द/ओमबुद्ध जेवी काठमाडौँले २३ करोड रूपैयाँमा ३० महिनामा सक्ने गरी कामको जिम्मा लिएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयले जनाएको छ ।

लामो समयदेखि काममा नलागेको निर्माण कम्पनी स्थानीयस्तरबाटै दबाब बढेपछि अहिले कामले गति लिएको हो । उक्त सडक खण्डअन्तर्गत पर्ने बुर्तिबाङ–ढोरपाटन खण्डमा निर्माण कम्पनीले तीन स्थानमा पहरा काट्ने, नाली निर्माण र सडक फराकिलो बनाउन थालेको छ ।

बुर्तिबाङ लक्ष्मीकुण्ड मोटरबल पुलदेखि ढोरपाटन क्षेत्रतर्फ २२ किलोमिटर सडक स्ट्यान्डर्ड ग्राभेलिङको जिम्मा पाएको स्वच्छन्द ओम बुद्ध जेभीले ढोरपाटन जान वैकल्पिक सडक निर्माण गरी कामलाई तीव्रता दिएको स्थानीय खिमबहादुर बिकले बताए । निर्माण कम्पनीले धमाधम काम सुरु गरेपछि अब सडक बन्ने आशा पलाएको उनको भनाइ छ । बाह्रै महिना ढोरपाटन घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भन्दै बाटोका कारण सास्ती भोगेको अनुभव सुनाए ।  बाटो राम्रो बनेपछि स्थानीय र पर्यटकलाई सहज हुने उनले बताए ।

निर्माण कम्पनीले बुर्तिबाङ बजार नजिक, ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको बतासेडाँडा–९ को सुप्राङ क्षेत्रमा ठूला–ठूला पहरा फोड्ने र सडक फराकिलो बनाउने काम गरिरहेको निर्माण कम्पनी स्वच्छन्द/ओमबुद्ध जेवीका प्रतिनिधि दीपेश लामाले बताए ।

कूल एक सय ९१ किलोमिटर मध्य बागलुङ खण्डमा मात्रै ६१ मिलोमिटर सडक पर्छ । त्यसमध्ये चार किलोमिटर सडक राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पर्ने हुँदा कालोपत्र भइसकेको छ । त्यसबाहेक ५७ किलोमिटर सडक निकै साँघुरो र जोखिमपूर्ण छ । गुल्मी, अर्घाखाँची, पाल्पा र कपिलवस्तु खण्डमा कामले गति लिए पनि बागलुङ खण्डमा खासै काम हुन सकेको छैन । सडकको ट्र्याक आर्थिक वर्ष २०७२/०७३ मा खुलेको थियो ।


Read Previous

बिजुली नपुगेका घर खोज्दै गण्डकीको ऊर्जा मन्त्रालय

Read Next

बुद्धसिंह मार्ग : कालोपत्र गर्न नाला निर्माण

Leave a Reply

Your email address will not be published.