Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

चीनले अर्को साता तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्ने, १३० भन्दा बढी देश सहभागी हुने


पेचिङ (चीन) । चीनले यही अक्टोबर १७ र १८ मा राजधानी बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा धेरै विदेशी नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ । ‘चिनियाँ राष्ट्रपति सि जिनपिङले फोरमको उद्घाटन समारोहमा मुख्य सम्बोधन गर्नु हुनेछ र फोरममा भाग लिन आउनुभएका विदेशी नेता र अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रमुखहरूका लागि स्वागत भोजको आयोजना गर्नु हुनेछ,’ चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले भने ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता हुने उक्त कार्यक्रममा आफू सहभागी हुने बताएका छन् । रुसका विदेशमन्त्री सर्गेई लाभरोभ उक्त कार्यक्रममा सहभागी हुने र आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग वार्ता गर्ने रुसी विदेश मन्त्रालयले मंगलवार बताएको छ । ‘बेइजिङ आएर सहयोग योजनाहरूमा छलफल गर्न र साझा विकासको खोजी गर्न हामी बेल्ट एन्ड रोड इनिसिएटिभमा सहभागी हुन आउने मुलुक र साझेदारहरूलाई स्वागत गर्दछौं,’ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले गत महीना भनेका थिए ।

यो कार्यक्रममार्फत चीनले बेल्ट एन्ड रोड पूर्वाधार पहलको १०औं वार्षिकोत्सव मनाउने छ । चीनले मंगलवार श्वेतपत्रमा उसको बेल्ट एन्ड रोड इनिसिएटिभ पूर्वाधार परियोजनाले विश्वभर २० खर्ब अमेरिकी डलरको सम्झौता गरेको बताएको थियो । उक्त रकम विश्वका केही ठूला अर्थतन्त्रको आकार बराबर हो । चिनियाँ विदेश मन्त्रालयका अनुसार उक्त कार्यक्रममा एक सय ३० भन्दा बढी मुलुकका प्रतिनिधिहरूले सहभागिता जनाउने बताएको छ । रासस/एएफपी


Read Previous

सहिद लालध्वज मोटरमार्गको स्तररोन्नति गरिँदै

Read Next

तोरीपानी क्षेत्रबाट पुनः प्याराग्लाइडिङ सञ्चालनको तयारी

Leave a Reply

Your email address will not be published.