Nepal Purbadhar

नागढुंगा–नौविसे सुरुङको रेस्क्यू टनेल सोमबार ‘ब्रेक थ्रू’


काठमाडौं । नागढुंगा–नौविसे सुरुङ मार्गको रेस्क्यू टनेलको सोमबार ‘ब्रेक थ्रू’ हुने भएको छ ।

२०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिने भएको छ । आइतवार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यू टनेलको काम बाँकि रहेको छ ।

सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रू’ हुने सडक विभाग बैदेशिक महाशाखाका प्रमुख बिजय जैसीले बताए ।

‘साउन २२ गते दिउँसो रेस्क्यू टनेल ब्रेक थ्रू हुँदैछ’ जैसीले भने। २.५ किलोमिटर रहेको नागढुंगा–नौविसे सुरुङ मार्गको रेस्क्यू टनेलसँग मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकि रहेको छ । २.६ किलोमिटर लम्वाइरहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र बाँकि छ ।

 


Read Previous

सिठ्ठी फुकेर निर्माण व्यवसायीले गरे आफ्ना मागबारे सरकारको ध्यानाकर्षण

Read Next

पहिराले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध