Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

ट्याक्सी व्यवसायीलाई मन्त्री ज्वालाको आग्रहः ‘कानुन बनाउँछौ, विद्युतीय ट्याक्सी चलाउन थाल्नुहोस्’


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयअनुसार पेट्रोलिम पदार्थबाट चल्ने विद्युतीय ट्याक्सीतर्फको यात्रा थाल्न व्यवसायी र चालकहरुलाई आग्रह गरेका छन् ।

मन्त्री ज्वालालाई भेट्न सिंहदरवार पुगेका ट्याक्सी व्यवसायीलाई सरकार इलेक्ट्रिक भेहिकल (इभी) मा जाने गरी कानुन निर्माणको तयारीमा रहेकोले समयअनुसार चल्ने तयारी गर्न आग्रह गरे ।  ‘इलेक्ट्रिक भेहिकल तिर जानेगरी कानुन निर्माणको तयारीमा छौ, तपाईहरुले पनि त्यही प्रकारको यात्रा थाल्न म आग्रह गर्दछु’ मन्त्री ज्वालाले भने ।

ट्याक्सी व्यवसायीले इम्बाेस्ड नम्वर देवनागरिक लिपीमा हुनुपर्ने, एसइई सकेका सवै विद्यार्थीलाई लाइसेन्स दिनेगरी तालिमको व्यवस्था गर्नुपर्ने, लामो दूरीमा विरामी लिन जाँदा अस्थायी रोड परमिट दिनुपर्ने जस्ता मागहरु राखेका थिए ।

काठमाडौं उपत्यकामा मात्र १२ हजार ३ सय ट्याक्सीहरु सञ्चालनमा छन् । इन्धनबाट चल्ने यी ट्याक्सीको संख्या घटाउने र विद्युतीय ट्याक्सीको संख्या बढाउँदै जानेमा व्यवसायीहरु पनि सकारात्मक रहेका छन् । मन्त्री ज्वालाले ट्याक्सी व्यवसायीको पहिचान खुल्नेगरी ड्रेसको व्यवस्था गर्न र अनलाइन सेवामा पनि जान आग्रह गरे ।


Read Previous

नयाँ कुलाे निर्माण र पूरानाेकाे मर्मतपछि उत्पादनमा वृद्धि

Read Next

अठासी हेक्टरमा सिँचाइ सुविधा विस्तार

Leave a Reply

Your email address will not be published. Required fields are marked *