Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

ऊर्जा क्षेत्रमा क्रियाशिल महिलाको नेतृत्व र सिप विकास गर्न आयोजित ९ महिने तालिम समापन


काठमाडौं । ऊर्जा क्षेत्रमा क्रियाशिल महिलाहरूको नेतृत्व विकास गर्ने उद्देश्यले आयोजित ९ महिना लामो तालिम कार्यक्रम पूरा भएको छ । युएसएआइडी ऊर्जा नेपालले आयोजना गरेको ऊर्जा क्षेत्रमा क्रियाशिल महिलाका लागि नेतृत्व एवं व्यवस्थापन क्षमता विकास गर्न सहयोग पुर्याउने गरी आयोजित तालिम समापन भएको हो ।

ऊर्जा नेपालले शुक्रबार औपचारिक कार्यक्रम आयोजना गरी तालिम समापन गरेको घोषणा गरेको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा नेपाल कार्यक्रमकी उप–प्रमुख किरा रोशीले नेपालमा विविध कारणले महिलाको नेतृत्व लिन सक्ने क्षमता हुँदा हुँदै पनि अवसर नपाउने अवस्था रहेको हुँदा ९ महिने तालिमले ऊर्जा क्षेत्रमा क्रियाशिल महिलाको सिप विकासमा योगदान पुगेको भन्नेमा आशावादी रहेको बताइन् । उनले नेपालमा ऊर्जा सम्बन्धि नीति धेरै राम्रो भए पनि पुरुषै बर्चस्व रहेकाले अब लैंगिक समानतामा जानुपर्नेमा जोड दिइन् ।

उनले तालिममा सहभागी ७५ प्रतिशत महिलाले नेतृत्व लिन सक्ने गरी क्षमता विकास भएको र प्राविधिक सत्रबाट पनि धेरै कुरा सिक्ने अवसर पाएको अनुभव सुनाएको जिकिर गरिन् । तालिमको नेतृत्वकर्ता जयन्द्र रिमालले प्राविधिक एवं वित्तीय व्यवस्थापनका सम्बन्धमा केन्द्रीत रहेर सभागीहरूलाई तालिम दिइएको बताए । उनले तालिमले सहभागीहरूमा कार्य क्षेत्रमा आउने चुनौतीको सामना गरी समस्याको समाधान गर्न सक्ने क्षमताको विकास भएको अनुभव सुनाएको बताए ।

तालिममा सहभागी हुँदाको अनुभव सुनाउँदै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) की सचिव कविता पोखरेलले विज्ञहरूबाट दिइएको तालिमले प्राविधिक ज्ञान र सिपको विकास भएको बताइन् । उनले अवसर पाएको अवस्थामा महिलाले ऊर्जा क्षेत्रका सबै निकायको नेतृत्व लिन सक्ने पनि बताइन् ।

नेपाल विद्युत प्राधिकरणकी सहायक प्रबन्धक प्रविना क्षेत्रीले तालिमका हरेक सत्र विशिष्ट रहेको र व्यवसायिक दृष्टीकोण बदल्न धेरै सहयोगी भएको अनुभव सुनाइन् । उनले निरन्तरको सिकाइले विविध काम हेर्ने महिलाको सहभागिताले तालिमलाई विशेष बनाएको बताइन् ।

पूर्व सभामुख पूर्णकुमारी सुवेदीले महिला लैंगिकरूपमा फरक भएपनि क्षमतामा कम नभएको हुँदा यस प्रकारका तालिमले नेतृत्व क्षमता विकास गर्न कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताइन् ।

व्यवस्थापिका संसदको पूर्वाधार विकास समितिकी सदस्य निशा डाँगीले निजी क्षेत्रका थोरै मात्र जलविद्युत कम्पनीको नेतृत्व तहमा महिला भएकाले आगामी दिनमा यो दरलाई बढाएर लैजान आवश्यक रहेको बताइन् । उनले नीतिले पनि महिलालाई नेतृत्व गर्ने अवसर पाउने गरीको व्यवस्था गरिनु पर्नेमा उनले जोड दिइन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतले तालिम लिएका महिलाको नेतृत्व विकास हुनेमा आशावादी रहेको बताए । नेपालले महिलाको समान हक अधिकारका लागि अन्तर्राष्ट्रिय रूपमा प्रतिबद्धता जनाएकाले आगामी दिनमा पनि यस प्रकारका तालिमलाई निरन्तरता दिँदै जानुपर्नेमा जोड दिए ।

प्राविधिक क्षेत्रमा पनि निर्णायक तहको नेतृत्व आवश्यक पर्ने पर्ने हुँदा ऊर्जा क्षेत्रमा क्रियाशिल महिलाहरूले क्षमता अभिवृद्धि गर्दै जानु पर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

युएसएआइडी ऊर्जा नेपालका प्रमुख रोबर्ट क्रेमरले ऊर्जा एकदमै चुनौतीको क्षेत्र भएकाले तालिममा सिकेका कुरा आफ्नो कार्यक्षेत्रमा कार्यान्वयनमा ल्याएमा राम्रो हुन गई नतिजा देखिने बताए ।

कार्यक्रममा तालिममा सहभागी सबैलाई प्रमाणपत्र समेत वितरण गरियो । २०२२ को सेप्टेम्बरदेखि सुरु भएको तालिममा ६ वटा संस्थामा कार्यरत ३० जना महिलाले विभिन्न सत्रमा ५ हजार घन्टाको तालिम लिएका छन् ।


Read Previous

ब्याजदर करिडोरको तल्लो सीमा साढे ४ प्रतिशतमा झर्याे   

Read Next

अझै निर्माण सम्पन्न भएन गोरखामा ‘सिटीहल’

Leave a Reply

Your email address will not be published.