Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

नारायणीमा नयाँ पम्प जडानले सिँचाइ गर्न सहज


भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्पहाउस ‘ए’ मा नयाँ पम्प जडान भएसँगै बिहीबारदेखि नहरमा पानी छाडिएको छ । साउन लागिसक्दा पनि धान रोप्न नपाएर किसान पानी छाडेपछि हर्षित भएका छन् ।

बिहीबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले नयाँ पम्पको उद्घाटन र पानी छाड्ने कार्यक्रमको शुभारम्भ गरे । सो अवसरमा बोल्दै मन्त्री जोशीले किसानलाई समयमै पानी उपलब्ध गराउन ढिलाइ भएको बताए । उनले सरकारी काममा ढिलासुस्ती हुने गरेको भन्दै अब कुनै पनि बाहानामा ढिलासुस्तीलाई छुट नहुने बताए ।

कार्यक्रममा बागमती प्रदेशका सांसद जेएन थपलियाले सांसद नारायणी लिफ्ट सिँचाइ प्रणाली पुरानो र खर्चिलो भएको भन्दै यसको विकल्प खोज्नुपर्ने बताए । उनले सबै तहका सरकारको समन्वयमा नारायणी लिफ्ट सिँचाइ नयाँ पम्प जडान गरिएको जानकारी दिए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्माण कम्पनीको ढिलासुस्तीका कारण पम्प फेर्न चार वर्ष लागेको बताइन् । उनले नारायणी लिफ्टलाई बाह्रै महिना सञ्चालनका लागि तयारी गरिएको जानकारी दिइन् । ‘नारायणी नदी र राप्ती नदीमा यति धेरै पानी बगेर खेर गएको छ’, प्रमुख दाहालले भनिन्, ‘यसको उपयोग गर्न हिउँदमा पनि सञ्चालन गर्ने तयारी गरेका छौँ ।’

महानगरपालिकाले पश्चिम चितवनको सात हजार बिघामा सिँचाइ उपलब्ध गराएको भन्दै भूमिगत जलस्रोत सिँचाइ कार्यालयमार्फत सयौँ स्यालो र डिप बोरिङ जडान गरिएको उनले जानकारी दिइन् । महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरेर सिँचाइका काम गरिरहेको बताइन् ।

नारायणी लिफ्टमा २६ करोड ३२ लाख ४३ हजार एक सय ५१ को लागतमा यहाँ दुईवटा नयाँ पम्प जडान गरिएको हो । पम्पहाउस ‘ए’ मा रहेका ४० वर्ष पुराना पम्प फेरिएको छ । यो सिँचाइमार्फत भरतपुरको फूलबारी, केसरबाग, तोरीखेत, शिवनगर, लङ्कु, लक्ष्मीपुर, कल्याणपुर, शरदपुर, गौरीगन्ज, बसेनीलगायतका क्षेत्रमा सिँचाइका लागि लिफ्टबाट पानी वितरण गर्ने गरिन्छ ।

भारतीय निर्माण कम्पनी डब्लुपीआइएल लिमिटेड कोलकाताले पम्प निर्माणको काम गरेको हो । नारायणी लिफ्ट सिँचाइ प्रणालीका अध्यक्ष पूर्णबहादुर रानाभाटले ढिलै भए पनि पानी छाडेपछि किसानले राहत महसुस गरेको बताए । विगतमा करिब ५ हजार हेक्टर जमिनलाई सिँचाइ गर्दै आएको नारायणी लिफ्ट सिँचाइ प्रणालीले अहिले करिब ५० प्रतिशत क्षेत्रमात्रै सिँचाइ गर्ने गरेको छ । रासस


Read Previous

रेलवे योजना र निर्माण प्रविधिबारे चिनीया अनुभव साट्न काठमाडौंमा अन्तर्राष्ट्रिय कार्यशाला शुरु

Read Next

निजी क्षेत्रका दर्जन बढी आरओआर जलविद्युत आयोजनाको पिपिएमा हस्ताक्षर

Leave a Reply

Your email address will not be published.