Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा   

अधिकार सम्पन्न बूढीगण्डकी प्राधिकरण बनाउन सराेकारवालाकाे माग


काठमाडाैं । बूढीगण्डकी आयोजना प्रभावितहरूले आयोजना निर्माण हुने सुनिश्चिततासहित अधिकार सम्पन्न प्राधिकरण बनाउन माग गरेका छन् । आयोजना प्रभावितका दुई वटा सरोकारवाला समूहले आज एक प्रेस विज्ञप्तिमार्फत स्थानीयवासीको जायज माग सम्बोधन गर्न, जग्गा प्राप्ति प्रक्रिया पूरा गर्न र डुबान क्षेत्रका बासिन्दाको पुनर्वास गर्नुपर्नेमा जोड दिएका छन् ।

यस्तै, आयोजना प्रभावित बजार क्षेत्रका व्यवसायको संरक्षण गरी उचित व्यवस्थापन गर्न र तत्काल लगानीको ढाँचा टुङ्गोमा पु¥याउन सरकारको ध्यानाकर्षण गराएका छन् । बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समिति गोरखाका संयोजक हरेराम ढकाल र बूढीगण्डकी जलाशययुक्त आयोजना सरोकार समिति आरुघाट शिवालनगर गोरखा धादिङका तर्फबाट दिनेशकुमार ढकालले ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले आज सार्वजनिक गर्नुभएको प्रेस विज्ञप्तिमा आयोजना निर्माणका लागि अधिकार सम्पन्न प्राधिकरण आवश्यक रहेको उल्लेख छ । नेपाल विद्युत् प्राधिकरण मातहतको कम्पनीले सो आयोजना निर्माण गर्न सक्नेमा सरोकारवाला समितिहरूले आशङ्का व्यक्त गरेको छ ।

व्यवस्थित सहरीकरण, पर्यटन विकास र वातावारण तथा जैविक विविधता संरक्षणको समग्र काम गर्ने गरी नेपाल विद्युत् प्राधिकरणभन्दा शक्तिशाली र अधिकार सम्पन्न बूढीगण्डकी विकास प्राधिकरण स्थापना गरिनुपर्ने उहाँहरूको माग छ । सरकारले केही दिनभित्रै सो आयोजनाको कार्यालय स्थापना गरी शिलान्यास गर्ने तयारी गरेको छ ।


Read Previous

प्रवर्द्धकका हातखुट्टा बाँधेर विद्युत क्षेत्रको विकास हुँदैन : राजेन्द्र लिङ्देन

Read Next

पोखरामा एक करोड लिटर क्षमताको डिजल भण्डारण, एक महिनाको माग धान्ने

Leave a Reply

Your email address will not be published.