Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा   

‘विद्युत व्यापार गर्नुहुन्छ, गर्नुहुन्न’


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अहिले दैनिक ४ सय मेगावाट बराबरको बिजुली बेचिरहेको छ भने गत हिउँदमा ६ सय मेगावाटसम्म आयात गरेको थियो ।

लामो समयदेखि नेपाल र भारतबीच विद्युत व्यापार भईरहे पनि अझै नेपालको बिजुली बेच्नु हुन्छ कि हुँदैन भनेर अझै पक्ष र विपक्षमा तर्क वितर्क भईरहेका छन् । शुक्रबार काठमाडौंमा समुन्नत नेपाल गुठीले आयोजना गरेको नेपाल–भारत जलविद्युत विकास र विद्युत व्यापार सम्बन्धी कार्यक्रममा यसरी तर्क र वितर्क भएको हो ।

कार्यक्रममा स्वदेशमा माग कम भएको तथा दैनिक रुपमा बिजुली खेर गईरहेकोले भारतसँग बिजुली बेच्नुपर्ने अनिवार्य वाध्यता रहेको तर्क एकथरी सहभागीको छ । अर्को थरीले अझै स्वदेशमै खपतको सम्भावना रहेको बताउँदै अहिले व्यापार गर्दा तथा निर्यातमूलक परियोजना निर्माण गर्न दिँदा भविष्यमा समस्या आउने बताएका थिए । नेपालको पानीलाई ऊर्जाको उपयोगको रुपमा मात्र सीमित राखिएको तर्क गर्दै यसलाई बहुउपयोग र फाइदा लिनुपर्ने बताए ।

नेपाल–भारत जलस्रोत विद्युत व्यापार तथा जलस्रोत व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गर्दै गुठीका अध्यक्ष एवं पूर्व जलस्रोत सचिव सुर्यनाथ उपाध्यायले पानीलाई जलविद्युत र जल उपयोग दुवै रुपमा हेर्नुपर्ने बताए । १० वर्षभित्र १० हजार मेगावाट भारतले बिजुली खरिद गर्ने ढाँचा अस्पष्ट भएको तथा यसबारे संसद र सार्वजनिक रुपमा जानकारी नदिएको उल्लेख गर्दै उनले भारतले बिजुली व्यापार गर्ने भन्दा पनि नेपालको जलस्रोतमा अधिपत्य जमाउने गरी अघि बढेको बताए । पछिल्लो समयमा हचुवा भरमा विना प्रतिष्पर्धा जलविद्युत भारतलाई दिनु खेदपूर्ण रहेको उनको भनाइ छ । ‘अरुण तेस्रो र अरुण–४ मा उस्तै निःशुल्क ऊर्जाको व्यवस्था न्यायपूर्ण छैन ।’ उनले भने ।

कार्यपत्रमाथि टिप्पणी गर्दै पूर्व मन्त्री डा. प्रकाशचन्द्र लोहनीले भारतलाई बिजुली बेचेर नेपालमा के के हुन्छ भन्ने कुरा गलत भएको बताउँदै यसले आर्थिक वृद्धिमा योगदान नदिने बताए । ‘देशको आर्थिक वृद्धिका लागि स्वदेशमै बिजुली खपत बढाउनुपर्छ, व्यापार गरेर वृद्धि हुँदैन ।’ उनले भने, ‘भारतलाई ४७ सय मेगावाट बराबरका भारतलाई दिएकोमा यसबाट ८ सय मेगावाट मात्र निःशुल्क ऊर्जा आउने र अरु कुनै फाइदा ह्ुदैन ।’ जलाशययुक्त आयोजना निर्माण गर्दा भारतलाई खानेपानीको फाइदा हुने हुनाले यसको मुनाफा लिन भारतसँग कुरा गर्नुपर्ने बताए ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भारतसँगको सम्बन्धमा रहेको दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताउँदै बिजुलीलाई विक्रीयोग्य वस्तु तथा पानीलाई सार्वभौम सुरक्षासँग जोडेर विश्लेषण गर्नुपर्ने बताए । ‘पानीलाई बगाउनुभन्दा सस्तोमा भएपनि बेच्नु उपयुक्र्त हुन्छ, बिजुली व्यापार गर्ने विषय भएकोले सरकारले ‘नेगोसियसन’ को क्षमता बढाउनुपर्छ ।’ उनले भने ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पूर्व उपाध्यक्ष कुमार पाण्डेले जलविद्युत व्यापार गर्ने वस्तु भएको बताउँदै व्यापार गर्न नसकेमा निजी प्रवद्र्धकसँगै बैकहरु डुब्ने र यसले अर्थतन्त्र नै धराशायी बनाउने बताए ।

इप्पान उपमहासचिव प्रकाशचन्द्र दुलालले बिजुली बेच्नु हुँदैन भन्ने कुरा गलत भएको बताउँदै २ लाख मेगावाट क्षमता भएको र ७२ हजार मेगावाटका आयोजना निर्माणको विभिन्न चरणमा रहेकोले व्यापार अपरिहार्य भएको बताए । दैनिक रुपमा बिजुली खेर गईरहेको बेला बिजुली बेच्नु हुँदैन भन्नु मूर्खता भएको बताए । जलस्रोत क्षेत्रका विश्लेषक रत्नसंसार श्रेष्ठले भने विद्युत प्राधिकरणले सस्तोमा बेचेर महंगोमा भारतसँग किनिरहेको र यसमा पनि व्यापार घाटा रहेको बताए ।

कार्यक्रममा लगानी बोर्डले विना प्रतिष्पर्धा जलविद्युत आयोजना भारतलाई दिईरहेको र यसले दीर्घकालीन रुपमा नेपाललाई असर पर्ने बताएका थिए । तर विद्युत विकास विभागका उपमहानिर्देशक जीवक्ष मण्डलले अपर कर्णाली निर्माण भए मात्र नेपालले ५० प्रतिशत प्रत्यक्ष फाइदा लिन सक्ने तथ्यांक प्रस्तुत गर्दै जलविद्युत आयोजना बनाउँदा फाइदा हुने बताए । लगानी बोर्डका इन्जिनियर दीपेश खरेलले लगानी बोर्डले अघि बढाएका आयोजनाहरुको जानकारी पारदर्शी भएको उल्लेख गरे ।


Read Previous

केरुङ प्रवेशको परिचयपत्र सहज गराउन व्यवसायीकाे आग्रह

Read Next

नवनिर्वाचित सिएनआई पदाधिकारी उर्जा मन्त्री छलफल, पीपीए खुलाउन आग्रह

Leave a Reply

Your email address will not be published.