Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

विद्युतमा नागरिकको दीर्घकालीन र विश्वसनीय पहुँचको लागि ‘इनर्जी मिक्स’ अत्यावश्यक


काठमाडौं । दीर्घकालीन रुपमा विश्वसनीय विद्युत् नागरिकलाई उपलब्ध गराउनको लागि विद्युत्को स्रोतमा विविधता (इनर्जी मिक्स) को मिश्रण अत्यावश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् । नेपालमा सौर्य ऊर्जाको सम्भावना, नीतिगत सहकार्य र नियमनकारी ढाँचा, निजी क्षेत्रको सहभागिता, लगानी आवश्यकता लगायतका विषयमा छलफल गर्न आयोजित कार्यशालाका सहभागीले ‘इनर्जी मिक्स’ लाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्रालयसँगको सहकार्यमा इण्टरनेशनल सोलार एलायन्स (इशा) र एशियाली विकास बैंकले आइतबार आयोजना गरेको राष्ट्रिय सरोकारवाला परामर्श कार्यशालामा ऊर्जा सचिव दिनेशकुमार घिमिरेले विद्युत्मा एउटा मात्रै स्रोतमा निर्भर हुँदा डरलाग्दो अवस्था सिर्जना हुने बताए । ‘अझ नेपाल जस्तो बाढी, पहिरो र तिव्र वर्षा हुने ठाउँमा जलविद्युत्मा मात्र भर पर्न हुने अनुभव भएको छ’ उनले भने । ‘विद्युत्को स्रोतमा जति बढी विविधता भयो, त्यति नै विश्वसनीय विद्युत प्राप्तिको अवस्था सिर्जना गर्छ ।’ स्रोतलाई विविध बनाउनको लागि सौर्य ऊर्जा पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाई थियो ।

ऊर्जा मन्त्रालयका सहसचिव तथा इशाका फोकल पर्सन मधुप्रसाद भेटुवालले नेपाल सौर्य ऊर्जाको विकासमा प्रतिवद्ध रहेको बताए । ’हामी सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेर यस क्षेत्रको विकास गर्न चाहिरहेका छौं’ उनले भने । नविकरणीय ऊर्जाको विकास गरी यातायात र भान्सामा पनि प्रयोग वृद्धि गर्दै लैजाने र देशभित्र उपभोग गरेर बढी भएको विद्युत निर्यात गर्ने नीति रहेको उल्लेख गरे । कार्यशाला सौर्य ऊर्जा विकासको लागि महत्वपूर्ण थालनी गर्ने र सन् २०४५ सम्म शुन्य कार्वन उत्सजनमा योगदान पुग्ने सहसचिव भेटुवालको भनाइ छ ।

इन्टरनेशनल सोलार एलायन्स (इशा) का कार्यक्रम तथा परियोजना कार्यान्वयन क्लस्र्टस् प्रमुख रमेश कुमारले सौर्य परियोजनाको लागि लगानी आकर्षित गर्नपनि स्पष्ट नीति आवश्यक भएकोमा जोड दिए । त्यस्तै, आयोजनाको लागतमा हुने लगानी अभावलाई परिपूर्ति गर्नको लागि पनि अन्तर्राष्ट्रिय वित्तीय संस्था र इशासँगको सहकार्य महत्वपूर्ण हुने उल्लेख गरे ।

एशियाली विकास बैंकका देशीय निर्देशक आर्नड काउकोइसले नेपाल इशामा जोडिएकोमा खुसी व्यक्त गरे । विद्युतको गुणस्तरमा वृद्धि गर्न र जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सौर्य ऊर्जाको विकासले सहयोग पु¥याउने उल्लेख गरे । कार्याशालाले सौर्य ऊर्जाको नीति निर्माता, लगानीकर्ता र अन्य सरोकारवालालाई एकै ठाउँमा ल्याएको छ ।

नेपालमा सरकारले १ हजार मेगावाटभन्दा बढी क्षमताको सौर्य ऊर्जाको लागि इजाजत पत्र प्रदान गरिसकेको छ । १ सय ३२ मेगावाट सौर्य ऊर्जा उत्पादन भइसकेको छ ।

सौर्य ऊर्जा परियोजना पहिचान र सहकार्य गर्न इशाको प्राविधिक टोली नेपाल भ्रमणमा

नेपालमा सौर्य ऊर्जाका सम्भावित परियोजना पहिचान र विकासको लागि आवश्यक सहकार्यको लागि इशाको प्राविधिक मिसन टोली नेपाल भ्रमणमा छ । टोलीले सौर्य क्षेत्रका सबै सरोकारवालासँग भेट र छलफल गर्ने कार्यक्रम छ ।

टोलीले सौर्य ऊर्जा उत्पादनको लागि विकसित नयाँ प्रविधिमा आधारित भएर सौर्य ऊर्जा उत्पादनमा सहकार्य र सहयोगबारे छलफल गर्नेछ । विशेषगरी सोलार फ्लोटिङ, सोलार मिनी ग्रीड, सोलार पम्प, सोलार पार्क, सोलार रुफटफ, कोल्ड स्टोरेज, सोलार हिटिङ एण्ड कुलिङ, इ–मोबिलिटी लगायतका परियोजनाको पहिचान र इन्नोभेटिभ लगानी इन्स्टुमेन्टको बारेमा बुझ्नेछ ।

टोली असार २४ गते राष्ट्रिय सरोकारवाला परामर्श कार्याशालामा सहभागी हुनेछ । २५ असारमा वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र, विद्युत् प्राधिकरणका अधिकारीसँग भेट गर्नेछ । त्यस्तै, २६ असारमा एनएमबी बैंक र केन्द्रिय नविकरणीय ऊर्जा कोषका प्रतिनिधीलाई भेट्नेछ । त्यही दिन होटल क्षेत्रका प्रतिनिधीसँग राउण्ड टेबल बैठक गर्नेछ ।
त्यस्तै, नेपाल सौर्य ऊर्जा संघ, सौर्य विद्युत उत्पादक संघ, सोलार थर्मल एशोसिएशन अफ नेपाललगायतका संस्थागत भेट गर्नेछ । त्यही दिन युएनडीपीका प्रतिनिधी, निजी क्षेत्र, परामर्शदातालगायतसँग पनि छलफल गर्नेछ ।


Read Previous

प्राधिकरण उच्च टाेलीद्वारा बूढीगण्डकी आयाेजना अघि बढाउन निरीक्षण भ्रमण

Read Next

टोखामा ४ सय बढी सडकबत्ती जडान   

Leave a Reply

Your email address will not be published.