Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

मेवा खोला निर्माण गर्न जुट्याे लगानी,लक्ष्मीको अगुवाईमा ३ बैंकले साढे ३ अर्ब बढी ऋण दिने


काठमाडौं । कोसी प्रदेशको ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका–५ मा निर्माण हुन लागेको २३ मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा ऋण लगानी जुटेको छ । आयोजनामा लक्ष्मी बैंकको अगुवाईमा नबिल र हिमालयन बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् ।

प्रवद्र्धक युनियन मेवा हाइड्रोपावर कम्पनी र लगानी गर्ने बैंकहरूबीच मंगलबार आयोजनाको वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ । वित्तीय व्यवस्थापन सम्झौतामा कम्पनीका अध्यक्ष किरण मल्ल तथा अगुवाई गर्ने लक्ष्मी बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमित भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अगुवाई गरेको लक्ष्मी बैंकले आयोजनामा १ अर्ब ५२ करोड रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको छ । नबिल र हिमालयन बैंकले पनि क्रमशः एक एक अर्ब रुपैयाँ ऋण लगानी गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको प्रवद्र्धक कम्पनीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

आयोजना निर्माण सम्पन्न गर्न कूल ४ अर्ब ७० करोड रुपैयाँ लागत अनुमान गरिएकोमा बैंकहरूले गर्न लागेको ऋण लगानी ७० प्रतिशत हो । २५ प्रतिशत हुन आउने १ अर्ब १८ करोड रुपैयाँ स्वपुँजीको रूपमा आयोजनामा लगानी हुँदैछ ।

हस्ताक्षर कार्यक्रममा कम्पनीका अध्यक्ष मल्लले समय र बजेटभित्र आयोजनाको काम पूरा गरेर विद्युत उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रतिकूल परिस्थितिमा पनि जलविद्युतमा लगानी गर्न बैंकहरू पछि नपरेको उनको भनाइ थियो।

यो आयोजनाको उत्पादन अनुमतिपत्र जारी भई नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) पनि सम्पन्न भइसकेको छ । अहिले आयोजना स्थलसम्म पुग्ने पहुँचमार्ग धमाधम निर्माण भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार करिब १३ किलोमिटर पहुँच सडक मध्ये ११.५ किलोमिटर खनेर सकिएको छ ।

आयोजनाको निर्माण सुरु गर्न बाँध क्षेत्र र विद्युतगृह परिसरमा आवासगृह निर्माण गर्न कार्य सम्पन्न भइसकेको छ । वित्तीय व्यवस्थापन भइसकेकाले पहुँच सडक पूरा हुनासाथ यसै वर्षबाट आयोजनाको संरचना निर्माणको काम सुरु गरिने कम्पनीले जनाएको छ । यो आयोजनाबाट २०८२ साल पौसदेखि विद्युत उत्पादन गर्ने तालिका छ ।

आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक १३६.७९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजनाले उत्पादन गर्ने विद्युत विद्युतगृहबाट ५ किलोमिटरको दुरीमा बन्ने २२०/१३२ केभी मेवा सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्मको १३२ केभी ५ किलोमिटर प्रसारण लाइन कम्पनीले नै निर्माण गर्नेछ ।

यो आयोजनामा जलविद्युत क्षेत्रमा ३ दशक बढी अनुभव हासिल गरेको समूहले लगानी गरिरहेको छ । कम्पनीको संस्थापक सेयरधनीहरूमा किरण मल्ल, वृन्दावनमान प्रधानाङ्ग, विकेश प्रधानाङ्ग, अविज्ञा मल्ल लगायत छन् । आयोजना व्यवस्थापनको जिम्मेवारीमा इन्जिनियर शिशिर देवकोटा छन् ।


Read Previous

लुम्बिनीमा आठ सय किलोमिटर सडक कालोपत्र

Read Next

इप्पान कार्यसमितिलाई स्वागत गर्दै आयोग अध्यक्ष सिंहले भने-‘१० वर्षभित्र ऊर्जाको लगानी ५० खर्ब पुग्छ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *