Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

विकासशील मुलुकमा स्तरोन्नति रणनीति तर्जुमाको मस्यौदा माथि छलफल


काठमाडौं । नेपाललाई अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने रणनीति तर्जुमाको मस्यौदा माथि छलफल भएको छ । आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले रणनीति सम्बन्धी मस्यौदा माथि छलफल गरेको हो ।

संयुक्त राष्ट्रसंघको विकास नीति समितिले सन् २०२१ मा अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि नेपाललाई पाँच वर्षको तयारीको समय दिई स्तरोन्नतिको सिफारिस गरेको थियो । अर्थात आगामी २०२६ बाट नेपाल विकाससिल मुलुकमा स्तरोन्नति हुँदैछ ।

उपाध्यक्षको अध्यक्षमा रहेको निर्देशक समितिमा अर्थ सचिव, परराष्ट्र सचिव, शिक्षा मन्त्रालयका सचिव, उद्योग वाणिज्य मन्त्रालयका सचिव साथै निजी क्षेत्रहरुबाट समेत प्रतिनिधित्व छ । छलफलमा उपाध्यक्ष डा. श्रेष्ठ, आयोगका सदस्य डा. रामकुमार फुँयाल, आयोगका सचिव डा. तोय नारायण ज्ञवाली,परराष्ट्र सचिव भरतराज पौड्याल, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, अर्थमन्त्रालयका सहसचिव इश्वरी प्रसाद अर्याल लगायत सहभागी थिए ।

निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेस अग्रवाल र नेपाल उद्योग परिसंघका उपाध्यक्ष इश्वरी प्रसाद अर्याल उपस्थित थिए ।

विकासशील मुलुकमा स्तरोन्नति भएपछि प्राप्त हुने लाभलाई अधिकतम उपभोग गर्न र विकासशील मुलुकमा स्तरोन्नति भइसकेपछि आउने चुनौतीहरुको सामना प्रभावकारी रुपमा गर्नका लागि रणनीति बनाइरहेको उपाध्यक्ष डा. श्रेष्ठले बताए । उनका अनुसार यो रणनीति अन्तिम चरणमा पुगेको छ ।

‘मुलुकको अर्थतन्त्रको अवस्था, सम्भावना र स्तरोन्नति पछि विभिन्न क्षेत्रमा पर्नसक्ने सकारात्मक वा नकरात्मक असरको गहन अध्ययन तथा विश्ल्ेषण गरी रणनीति तयार हुनेछ’ उनले भने, ‘यसकै आधारमा दातृ संस्था, निजी क्षेत्र, समुदाय लगायतले भूमिका खेल्नुपर्ने हुन्छ ।’


Read Previous

आर्थिक जटिलता : हाँक र प्रस्तावित सुधार

Read Next

स्थानीय तहबाट प्रस्तावित नमूना कार्यक्रम

Leave a Reply

Your email address will not be published.