Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

घरेलु महासंघका पूर्व अध्यक्ष श्रेष्ठको निधन, संस्थाकाे विकासमा समर्पित कुशल अभिभावक गुमायौं : महासंघ


काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व केन्द्रीय अध्यक्ष, सफल उद्यमी तथा समाजसेवी रमेश कुमार श्रेष्ठको २०८० साल असार १३ गते बुधवारका दिन दुःखद देहावसान भएको छ ।

तत्कालिन संघलाई महासंघमा परिणत गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका श्रेष्ठ वि.सं २०५३ साल असार देखि २०५५ साल पौष महिनासम्म महासंघको अध्यक्षको जिम्मेवारीमा रहेका थिए । महासंघको विकास र प्रगतिका लागि अहोरात्र खटिएका उनको सक्रियतामा काठमाडौंमा सार्कस्तरीय सेमिनार तथा सार्क मुलुकमा उत्पादित वस्तुहरुको औद्योगिक प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको थियो ।

विराटनगरमा स्थायी बसोबास रहेको उनकै नेतृत्वमा महासंघको सातौं वार्षिकोत्सव इतिहासमै भव्यताका साथ आयोजना हुन पुगेको थियो । उनको सवल नेतृत्वमा तत्कालिन अवस्थामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारसँग सम्बन्ध अभिबृद्धि गरी लघु, घरेलु तथा साना र महिला उद्यमीहरुको पक्षमा व्यापक कार्यक्रमहरु सञ्चालन हुन सकेको थियो भने महासंघलाई देश विदेशमा परिचित गराउन समेत उहाँको सवल नेतृत्व सफल भएको थियो ।

उनको निधनबाट महासंघको संस्थागत विकासमा समर्पित एउटा सफल अभिभावक गुमाउनु परेको महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले बताए । उनको सम्मानमा असार १५ गते शुक्रबार महासंघ केन्द्र, प्रदेश, जिल्ला तथा पालिका समितिका कार्यालयहरु एक दिनका लागि बन्द गरिने र महासंघको झण्डा आधा झुकाइने महासंघले जनाएको छ ।


Read Previous

साधारणसभामार्फत सिङ्गटी हाइड्रो इनर्जी कम्पनीकाे ६ जना सञ्चालक चयन

Read Next

‘एक्सन रुम’बाटै भेरी-बबई र सुनकोशी मरिण डाइभर्सन परियाेजनाकाे प्रधानमन्त्रीले गरे निरीक्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *