Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

इपानकाे नयाँ कार्यसमिति चयनका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरू चुनावी रौनकमा


काठमाडौं । आगामी जेठ ३२ गते हुने २१औं साधारणसभाबाट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) मा नयाँ कार्यसमिति आउँदैछ । जलविद्युत उत्पादकहरूको छाता संस्थाको रूपमा रहेको इपानको नयाँ कार्यसमिति चयनका लागि अहिलेबाट स्वतन्त्र ऊर्जा उत्पादकहरूबीचमा चुनावी रौनक सुरु भएको छ ।

यस पटक चुनाबी प्रतिश्पर्धामा उत्रिने केही उमेद्वारले आफ्नो उमेद्वारी घोषणा नै गरिसकेका छन् भने केही गर्ने क्रममा छन् । अध्यक्ष पदका लागि हालका उपाध्यक्ष गणेश कार्की र किरण मल्ल प्रबल दावेदारकोरूपमा मैदानमा उत्रिएका छन् । मल्लले आफ्नो प्रचार–प्रसार तीव्र पारेपनि कार्की अहिलेसम्म खुल्लारूपले प्रचार–प्रसारमा उत्रिएका छैनन् । कार्की पक्ष सर्वसहमतिबाट जाने पक्षमा रहेकाले पनि उनले खुल्लारूपमा प्रचार प्रसार गरेका छैनन् ।

यसैगरी बरिष्ठ उपाध्यक्षमा अहिले उपाध्यक्ष रहेका मोहन डाँगीको चर्चा छ । सुरुवातमा अध्यक्ष पदका लागि कार्की, डाँगी, मल्ल र आशिष गर्गले चासो देखाएपनि गर्गले हालसम्म कुन पदमा उमेद्वारी दिने भन्ने औपचारिक रूपमा सार्वजनिक गरिसकेका छैनन । डाँगीले यस पटक कार्कीलाई अध्यक्ष बनाएर आफु बरिष्ठ उपाध्यक्ष बनेर आगामी कार्यकालका लागि अध्यक्ष बन्ने गरी सहमति जनाएका छन् ।

कार्कीका अनुसार, डाँगी बरिष्ठ उपाध्यक्षका लागि सहमत भइसकेका छन् । गर्ग र हाल महासचिव रहेका गोरे शेर्पाको पनि बरिष्ठ उपाध्यक्ष पदमा दाबी रहने भन्ने सुन्नमा आएको छ । तर, उनीहरू दुवैले अहिलेसम्म सार्वजनिकरूपमा प्रतिस्पर्धामा उत्रिने घोषणा गरिसकेका छैनन् ।

यसैगरी, ५ जना उपाध्यक्षका लागि आनन्द चौधरी, भरत खत्री, राम आचार्य, उत्तम ब्लोन र हिम पाठकको दाबी रहने चर्चा छ । महासचिव पदमा हाल सचिव रहेका बलराम खतिवडा र उप–महासचिवमा अहिले सदस्य रहेका प्रकाशचन्द्र दुलालले उमेद्वारी दिने तयारी गरेका छन् ।

यसैगरी ५ जना सचिवमा भरत खड्का, विक्रम विष्ट, अविज्ञा मल्ल, कविता कँडेल तथा कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त लगायत चुनावी प्रतिश्पर्धामा उत्रिने चर्चा छ । सदस्यहरूमा शंकर बस्स्याल, मिथुन पौडेल, कुवेरमणि नेपाल, सुमन जोशी, कदम केसी, सुसन कर्माचार्य लगायतको नाम चर्चा छ ।

हेभिवेटलाई समेट्न प्रयास

‘हेभिवेट’ व्यक्तित्वको रूपमा चिनिने स्वतन्त्र ऊर्जा उत्पादकहरूलाई पनि सदस्य बनाएर इपानको नयाँ कार्य समितिलाई साझा र ओझिलो संस्थाको रूपमा अघि बढाउने प्रयास अघि बढाइएको छ । इपानका सल्लाहकार तथा प्रभुुद्ध व्यक्तित्वहरूले ‘समय र काम गर्ने पदाधिकारी, विज्ञ र हेभिवेट सदस्य’ सहितको बलियो, साझा र दरिलो इपानका लागि प्रयास अघि बढाएका हुन् ।

यस अभियानमा संलग्न एक ऊर्जा प्रवद्र्धकका अनुसार, समय कम दिन सक्ने तर, विषयगत क्षेत्रमा लामो अनुभव भएका र विज्ञको रूपमा परिचित ती ऊर्जा प्रवद्र्धकहरूलाई यसमा समेट्ने कोशिस अघि बढाइएको छ ।

उनका अनुसार, ऊर्जा क्षेत्रमा अनुभवी विज्ञ र अग्रजको रुपमा परिचित उत्तमकुमार श्रेष्ठ, कुमार पाण्डे, भानु पोखरेल, राजेश श्रेष्ठ, अर्जुन गौतम,अनुप आचार्य, टीएन आचार्य, ध्रुव उप्रेती लगायतको नाम चर्चामा छ । यो अभियान सफल भए इपानको समग्र पहिचान र स्तर उच्च हुने भएपनि यो अभियान शसक्त रुपमा भने अघि बढ्न सकेको छैन ।


Read Previous

पानी नियमित ल्याउनका लागि मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

Read Next

५ स्थानमा सुरुङ मार्गकाे सम्भाव्यता अध्ययन गर्ने गण्डकी प्रदेश सरकारकाे घाेषणा

Leave a Reply

Your email address will not be published.