Nepal Purbadhar

सूचना तथा प्रविधि मन्त्रालयको बजेट ०.४९ प्रतिशत मात्र


काठमाण्डौं ।आगामी आर्थिक बर्ष २०८०/०८१ को सूचना तथा प्रविधि मन्त्रालयको बजेट ८ अर्ब ७१ करोड रुपैयाँ बिनियोजन भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रश्तुत गरेको बजेटमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेटमा मन्त्रालयको बजेट यति न्यून बिनियोजन गरिएको हो ।

सूचना प्रविधि क्षेत्रको उपयोग सबै क्षेत्रमा बढाउने लक्ष्य राखेको सरकारले आधुनिक जीवनको आधारः सूचना प्रविधि र सञ्चारः नारा दिएपनि बजेट भने एकदम न्यून बिनियोजन गरेको छ । चालु बर्षमा ९ अर्ब ८ करोड ९० लाख अर्थात ०.५१ प्रतिशत बजेट रहेकोमा अहिले कुलको ०.४९ प्रतिशत हो तर यो शंसोधित बजेटभन्दा ३ करोडले बढी छ ।

आर्थिक बर्षकुल बजेटमन्त्रालय

 

 बजेटको अंश (प्रतिशत)
२०७६/०७७१५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख६ अर्ब ३५ करोड ५३ लाख०.४१५
२०७७/०७८१४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख७ अर्ब २८ करोड ४२ लाख०.४९
२०७८/०७९१६ खर्ब ४७ अर्ब ५७ करोड ६७ लाख७ अर्ब ७३ करोड ८५ लाख०.४७
२०७९/०८०१७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख९ अर्ब ८ करोड ९० लाख०.५१
२०८०/०८११७ खर्ब ५१ अर्ब ३१ करोड८ अर्ब ७१ करोड

०.४९

बजेट तथा कार्यक्रममा चार बर्ष अघि सरकाले ल्याएको डिजिटल नेपालको मार्गचित्र पूर्ण कार्यान्वयनमा नजाँदै यसलाई आवश्यक परिमार्जनसहित कार्यान्वयनमा लगिने उल्लेख छ । ललितपुरको खुमलटारमा सूचना प्रविधि ज्ञानपार्क स्थापना गर्ने कार्य अघि बढाइने उल्लेख गरिएको बजेटमा उच्च क्षमताको अप्टिकल फाइबर मार्फत ईन्टरनेट ब्रोडब्याण्ड सेवा सबै स्थानीय तहका केन्द्र, सार्वजनिक विद्यालय एवं क्याम्पस र स्वास्थ्य संस्थामा पुर्याइने र मुलुकभर द्रुत गतिको इन्टरनेटको पहुँच पुर्याउन फोरजी सेवा विस्तार गरिने उल्लेख छ ।

दूरसञ्चार पूर्वाधारको निर्माण तथा प्रयोगलाई व्यवस्थित र मितव्ययी बनाउन दूरसञ्चार पूर्वाधारको सहप्रयोगका लागि आवश्यक नीतिगत व्यवस्था मिलाइने तथा दूरसञ्चारसम्बन्धी पूर्वाधार निर्माण गर्दा भूमिगत संरचनामार्फत उच्च क्षमताको डक्टको प्रयोग गरिने पनि बजेट तथा कार्यक्रममा उल्लेख छ ।


Read Previous

निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन कानूनी व्यवस्था गरिने

Read Next

पर्यटन मन्त्रालयको बजेट १० अर्बले घट्यो